Sorahate Ganesh साेह्र हाते गणेश रानीपाेखरी
काठमाडौंको रानीपोखरीछेउ दक्षिणतिर सानो गणेश मन्दिर छ, जसमा १६ वटा हात भएका गणेशको मूर्ति छ । यसलाई सोह«हाते गणेश पनि भनिन्छ । यी गणेशका छेउमा मुसा र सिद्धिका मूर्ति पनि छन् । कालो रंगको प्रस्तरमा उभिएको अवस्थामा रहेका सोह&la Read More...
Goma Ganesh गाेमा गणेश काठमाण्डाै
प्रसिद्ध गोमा गणेशको मन्दिर नक्सालमा पर्दछ । यो गणेश मन्दिर दुई तहको छानायुक्त नेपाली कला शैलीमा निर्मित छ । मन्दिरभित्र गणेशको धातुको मूर्ति छ । मंगलबार यहाँ श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्दछ । वर्षको एक पटक हुने हाँडीगाउँको जात्रामा यस मन्दिर Read More...
Jal Vinayak Chobhar, जल बिनायक चाेभार
काठमाडौं सहरको दक्षिणपश्चिम चोभारमा जल विनायकको प्रसिद्ध मन्दिर छ । उपत्यकाको सबै पानी वाग्मतीमा मिसिएपछि यही चोभार हुँदै बाहिर निस्कने गर्दछ । यस स्थानको डाँडो मञ्जुश्रीले खड्गले काटेर उपत्यकाको पानी बाहिर पठाएको उल्लेख पाइन्छ । यसै गरी, कृष्णले दान Read More...
Karya Binayak कार्य िबनायक
काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा कार्य विनायक मन्दिर पर्दछ । उपत्यकाका चार प्रसिद्ध गणेशमध्ये कार्य विनायक पनि एक हुन् । यहाँ गणेशको मानवनिर्मित मूर्ति छैन । हात्तीजस्तो प्राकृतिक प्रस्तरलाई नै कार्य विनायकका रूपमा पूजाआजा गर्ने चलन छ । त्यसैको Read More...
Surya Binayak Bhaktapur सूर्य िबनायक भक्तपुर
भक्तपुर बजारदेखि दक्षिणतिर अग्लो ढिस्कामा सूर्य विनायक मन्दिर पर्दछ । उपत्यकामा मध्यकालदेखि प्रख्यात चार विनायकमध्ये एक सूर्य विनायक हो । उपत्यकाको पूर्वतिर पर्ने हुनाले यसको नाम सूर्य विनायक राखिएको हुन सक्तछ । यहाँ गणेशलाई विनायकका रूपमा पूजाआजा गर Read More...
Kamaladi Ganesh कमलादी गणेश
काठमाडौंको कमलादीमा गणेशको प्रसिद्ध मन्दिर छ, जसलाई सेतो गणेश भन्ने गरिन्छ । यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो । यिनको पूजा–उपासना परापूर्वकालदेखि नै हुने गरेको छ । स्थानीय बासिन्दाहरू सन्तानप्राप्तिको उद्देश्यले य Read More...
Maru Ganesh, Kathmandu मरु गणेश
काठमाडौंको मरुटोलमा मरु गणेशको मन्दिर छ । यो गणेशस्थानमा गणेशका थुप्रै मूर्तिहरू छन् । केही मन्दिरभित्र र अन्य बाँकी खुला चौरमा छन् । मरु गणेशलाई हनुमान्ढोका गणेशको स्थान दिइएको छ । राजदरबारमा हुने धार्मिक कार्यमा सम्मानपूर्वक मरु गणेशको पूजा गर्ने च Read More...
Chandr Binayak, Chabahil चन्द्र िबनायक चाबहिल
काठमाडौंको चाबहिलमा बुद्ध चैत्यदेखि केही सय मिटरको दूरीमा प्रसिद्ध गणेशको मन्दिर छ, जसलाई चाबहिल गणेश, चन्द्र विनायक र रक्त विनायक पनि भनिन्छ । मन्दिर दुई तहको छानायुक्त नेपाली तले शैलीमा निर्मित छ । यसभित्र रहेको गणेशको मूर्ति सामान्य प्रकारको छ । द Read More...