Photos: Chandr Binayak, Chabahil चन्द्र िबनायक चाबहिल

काठमाडौंको चाबहिलमा बुद्ध चैत्यदेखि केही सय मिटरको दूरीमा प्रसिद्ध गणेशको मन्दिर छ, जसलाई चाबहिल गणेश, चन्द्र विनायक र रक्त विनायक पनि भनिन्छ । मन्दिर दुई तहको छानायुक्त नेपाली तले शैलीमा निर्मित छ । यसभित्र रहेको गणेशको मूर्ति सामान्य प्रकारको छ । दुइटा हातयुक्त यी गणेशको मूर्ति इसाको नवौं–दशौं शताब्दीतिर निर्माण भएको मानिन्छ । शरीरका घाउखटिरा कुनै औषधिमूलोले निको पार्न नसकिएमा यी गणेशको पूजाआजा गर्दा आराम हुन्छ भन्ने जनविश्वास छ । यिनले भक्तहरूलाई रक्षा गर्दछन् र उनीहरूका मनोकांक्षा पूरा गर्दछन् भन्ने विश्वास गरिन्छ । मन्दिर परिसरमा प्रत्येक मंगलबार श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।

Chabahil Ganesh lies near the Chabahil stupa and is also known as Chandra Binayak and Rakta Binayak. The temple is a fine structure constructed in the Nepalese style and is adorned with two roofs. The idol housed within, however, is a very simple two-handed depiction of the deity. It is believed that the Chabahil Ganesh can cure all wounds on the human body and also fulfil the desires of its devotees. As a consequence, quite a few people visit the temple, especially on Tuesdays, which is considered an auspicious day to worship the deity.