Photos: Sorahate Ganesh साेह्र हाते गणेश रानीपाेखरी

 

 

काठमाडौंको रानीपोखरीछेउ दक्षिणतिर सानो गणेश मन्दिर छ, जसमा १६ वटा हात भएका गणेशको मूर्ति छ । यसलाई सोह«हाते गणेश पनि भनिन्छ । यी गणेशका छेउमा मुसा र सिद्धिका मूर्ति पनि छन् । कालो रंगको प्रस्तरमा उभिएको अवस्थामा रहेका सोह«हाते गणेशले सर्पको यज्ञोपवीत लगाएको देखिन्छ । तान्त्रिक प्रभावमा निर्मित यो मूर्ति र मन्दिर प्रताप मल्लले आप्mना दिवंगत छोरा चक्रवतीन्द्र मल्लको सम्झनामा रानीपोखरी बनाउने क्रममा स्थापना गरेका हुन् । किंवदन्ती अनुसार, प्रताप मल्लले आप्mनो छोरा चक्रवतीन्द्र मल्लका सम्झनामा रानी भुवनलक्ष्मीलाई रानीपोखरी निर्माण गरिदिएका थिए । प्रताप मल्लले त्यसको बीचमा एउटा शिवालय बनाई त्यसको दक्षिणतिर सोह«हाते गणेशको तान्त्रिक मूर्ति स्थापना गराई सानो मन्दिर निर्माण गर्न लगाएको पाइन्छ । सोह« वटा हातहरू भएको तिनै तान्त्रिक गणेश नै हाल आएर सोह«हाते गणेशका नामले प्रख्यात छन् । यी गणेशको पूजाआजा हिन्दू र बौद्धमार्गी दुवैले गर्दछन् । तर पूजाआजा तान्त्रिक विधिले हुने गर्दछ ।

To the South of Ranipokhari, in the heart of Kathmandu, lies a temple which houses a sixteen-handed (sohrahate) idol of Ganesh. The temple was built by King Pratap Malla during the construction of Rani Pokhari.

The Sohrahate Ganesh is a tantric Ganesh worshipped by both Hindus and Buddhists. The idol is carved out of a single black rock and shares the interior of the temple with effigies of two rats and a depiction of Goddess Siddhi.