Photos: Goma Ganesh गाेमा गणेश काठमाण्डाै

प्रसिद्ध गोमा गणेशको मन्दिर नक्सालमा पर्दछ । यो गणेश मन्दिर दुई तहको छानायुक्त नेपाली कला शैलीमा निर्मित छ । मन्दिरभित्र गणेशको धातुको मूर्ति छ । मंगलबार यहाँ श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्दछ । वर्षको एक पटक हुने हाँडीगाउँको जात्रामा यस मन्दिरको पनि रथयात्रा गर्ने गरिन्छ । यहाँ गणेशका तीन वटा मूर्तिहरू छन् । एउटा प्रस्तर मूर्ति सधैं पूजाका लागि रहन्छ । अर्को चाहिं शनिबार र मंगलबार राखिन्छ । तेस्रो मूर्ति जात्रामा उपयोग गर्ने गरिएको छ ।

Goma Ganesh at Naxal is an old, two-roofed temple. The temple itself is very simple but the metal idol it houses is of extremely fine craftsmanship. The temple is especially popular on Tuesdays, when hundreds of devotees visit, and also during the annual Jatra.