Photos: Karya Binayak कार्य िबनायक

काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा कार्य विनायक मन्दिर पर्दछ । उपत्यकाका चार प्रसिद्ध गणेशमध्ये कार्य विनायक पनि एक हुन् । यहाँ गणेशको मानवनिर्मित मूर्ति छैन । हात्तीजस्तो प्राकृतिक प्रस्तरलाई नै कार्य विनायकका रूपमा पूजाआजा गर्ने चलन छ । त्यसैको माथि यी गणेशको मन्दिर निर्माण गरिएको छ । कार्य विनायक अति सुन्दर जंगलको बीचमा छ । यहाँ मंगलबार विशेष भीड लाग्ने गर्दछ । सँगै रहेको सत्तलमा हरेक दिन भजन–कीर्तन हुने गर्दछ ।

The Karya Binayak is a beautiful temple located in the middle of the forest between the Khokana and Bungmati villages. It is one of the four famous Binayaks of the Kathmandu Valley. The object of worship is an elephant-shaped rock, and the temple is especially popular among devotees every Tuesday.