Photos: Jal Vinayak Chobhar, जल बिनायक चाेभार

काठमाडौं सहरको दक्षिणपश्चिम चोभारमा जल विनायकको प्रसिद्ध मन्दिर छ । उपत्यकाको सबै पानी वाग्मतीमा मिसिएपछि यही चोभार हुँदै बाहिर निस्कने गर्दछ । यस स्थानको डाँडो मञ्जुश्रीले खड्गले काटेर उपत्यकाको पानी बाहिर पठाएको उल्लेख पाइन्छ । यसै गरी, कृष्णले दानासुरको वध गरी चोभारको डाँडो सुदर्शन चक्रले काटेर उपत्यकाको पानी बाहिर बगाएको तथा उपत्यकालाई बसोबास योग्य बनाएको विवरण पनि वंशावलीहरूमा पाइन्छ । यही चोभार क्षेत्रमा प्रसिद्ध जल विनायकको मन्दिर छ । यी गणेशलाई उपत्यकाका प्रसिद्ध चार विनायकमध्ये एक मान्ने गरिन्छ ।
जल विनायकको मन्दिर कलाकृतिले परिपूर्ण छ, तीन तहको छानायुक्त छ । तोरण, टुँडाल र गजुर लगायतका कलाकृतिले यो मन्दिर भरपूर छ । मन्दिर क्षेत्रमा लोकेश्वर, शिव, विष्णु र पार्वती लगायत अन्य देवीदेवताका मूर्तिहरूसमेत छन् । द्वारपालका रूपमा रहेका सिंह र गणेशको वाहन मुसाका मूर्तिहरूले यहाँको आकर्षण थपेका छन् । जल विनायकको स्थापना कहिले र कसले ग¥यो भन्ने कुरा स्पष्ट छैन । यसको स्थापना प्राचीन कालमै भएको हुन सक्ने देखिन्छ । अहिलेको मन्दिर भने पछिल्लो कालमा जीर्णोद्धारका क्रममा बनेको हो । यहाँ मंसिर शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ । गणेशका भक्तहरूले प्रत्येक मंगलबार यो स्थान खचाखच हुने गरेको छ ।

The temple of Jala Binayak is located at Chobhar, which lies South-East of Kathmandu, at the confluence of the major rivers of the Valley. It is one of the four famous Binayaks of Kathmandu Valley.

The temple is a three-roofed structure richly ornamented with artistic tymphums, pinnacles, and struts. Idols of Lokeshwor, Shiva, Vishnu, Parvati, and various other gods and goddesses are housed within. The temple is said to be protected by the statues of the lion and the mouse that are set in front.

There are no historical records as to the date of construction of the temple, but it has been assumed that it is of ancient establishment and that it was built in its present form during renovations at a later period.