Photos: Neel Barahi, Thimi नील बाराही

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडेमा प्रसिद्ध नील वाराहीको मन्दिर रहेको छ । नेपालमा पूजाउपाशना हुने अन्य प्रकारका वाराही सरहनै नील वाराही पनि तान्त्रिक देवी हुन्, जसको मन्दिर बोडेमा एउटा सानो ढिस्कामाथि जंगलभित्र निर्माण गरिएको छ । यो मन्दिरको स्थापना नेपालमा तान्त्रिक प्रभाव अत्यधिक मात्रामा भएको समयमा मध्यकालतिर भएको मानिन्छ । यसलाई हिन्दू र बौद्ध दुवैले पूजाआजा गर्दछन् । तर यिनको पूजा भने तान्त्रिक विधिबाट गरिन्छ । नील वाराहीको मन्दिर सामान्य देवी मन्दिरको स्वरूपमा गरिएको छ । मन्दिरभित्र एउटा अवंकृत गवाक्ष निर्माण गरी त्यसभित्र नील वाराहीका रूपमा पुजिने प्राकृतिक प्रस्तर राखिएको छ । नील वाराहीको बेग्लै मूर्ति नभएर प्राकृतिक प्रस्तरमा यिनको पूजाआजा गरिने भए पनि यस मन्दिर परिसरमा अन्य विभिन्न देवीदेवताका मूर्तिहरू चारैतिर देखिन्छन् । वाराहीको सांकेतिक प्रस्तर राखिएको स्थानमा मन्दिरको शिखर गजुरजस्तो बनाइएको छ । यसलाई झट्ट हेर्दा यो एउटा चैत्य जस्तो पनि देखिन्छ । त्यस स्वरूपलाई चारैतिरबाट धातुका पाताले मोरेर अति धेरै आकर्षक बनाइएको छ ।
भक्तपुरको बोडेमा सालभर अनेक प्रकारका नृत्यहरू पनि गरिन्छ । यस क्रममा नील वाराहीको नृत्य गर्ने चलन पनि छ । उक्त नृत्य ऋषितर्पणी पूर्णिमाको भोलिपल्ट निकालिन्छ । चार दिनसम्म चल्ने उक्त उत्सवमा सहरका १९ जना प्रमुख व्यक्तिले नृत्य गर्ने गर्दछन् । यसका लागि जम्मा २७ प्रकारका परम्परागत बाजाहरू बजाइन्छन् । यस नृत्यलाई नील वाराही प्याखन भनिन्छ ।
 

The famous tantric temple of Neel Barahi stands on a hillock in the middle of a forest in Bode of Madhyapur Thimi. The structure of the temple itself is very simple but it is decorated with various carvings and artefacts. The temple was established in the medieval era.

The temple is constructed in a style similar to Guhyeshwori and Dakshinkali. However, the shrine room is quite different from the other temples and it houses a simple rock, which is the object of worship. Also present is a Gawaksha covered with metal plates, which is said to protect the deity.

Every year, during Rishi Purnima, the residents of Bode perform the Neel Barahi dance for four days. The dance troupe consists of nineteen dancers accompanied by an orchestra of twenty-seven different instruments. The dance is known as Pyakhan in the local Newari language.