पोखराको मोहरिया टोलमा प्रसिद्ध विन्ध्यवासिनीको मन्दिर छ । निकै ठूलो अग्लो ढिस्कामाथि निर्मित उक्त मन्दिर सामान्य गुम्बज शैलीको छ । मन्दिरभित्र विन्ध्यवासिनी देवीको मूर्ति राखिएको छ । धर्मशाला, सभाकक्ष र अन्य देवीदेवताका ससाना मन्दिर मूर्तिहरू पनि विन्ध्यवासिनी स्थानमा छन । विन्ध्याचलबाट यहाँ ल्याइएको मान्यतामा यिनलाई विन्ध्यवासिनी भनिएको हो । विन्दुमा रहेकी देवी मान्दै यिनलाई यस्तो नाम दिइएको जनश्रुति पनि छ । यस मन्दिरका लागि वि.सं. १८७२ सालमा गुठी राखिदिएको सूर्यनारायणको लिखत पाइएको छ । तसर्थ यस मन्दिरको निर्माण मध्यकालतिर भएको मानिन्छ । पोखराकी विन्ध्यवासिनीको स्थापनाका सम्बन्धमा अनेक किंवदन्ती र लोकोक्तिहरू पाइन्छन । तीमध्येको एउटा अनुसार, कास्कीका राजा सिद्धिनारायण शाह चार धाम घुम्न भारत गएका रहेछन । चारै धाम घुमफिर गरी अन्त्यमा काशीको विश्वनाथ मन्दिरसँगै जोडिएको अन्नपूर्णाको मन्दिरमा पुगेछन । त्यस बेला दशैंको नौरथा रहेछ र मन्दिरमा देवी भागवत कथा वाचन र श्रवण भइरहेको रहेछ । सिद्धिनारायणले कथा सुनेपछि विन्ध्यवासिनीको दर्शन गर्न विन्ध्याचल जाने निधो गरेछन । उनी विन्ध्याचल गई देवीको आराधना गरी बसेछन । विन्ध्यवासिनीले त्यहाँका राजालाई सपनामा सिद्धिनारायणलाई उनको एउटा मूर्ति दिएर पठाउन अनुरोध गरिछन । त्यसपछि तिनले त्यही मूर्ति ल्याएर पोखरामा स्थापना गराएका हुन ।
अर्को किंवदन्ती अनुसार, परापूर्व कालमा पोखरा जलमग्न हुँदा पानीको बीचमा एउटा ढिस्को रहेछ । विन्दुको रूपमा रहेको ढिस्कामाथि यी देवीको मन्दिर रहेकाले यिनलाई विन्ध्यवासिनी भनिएको हो । वास्तवमा पोखरावासीले विन्ध्यवासिनीलाई आफनी परमप्रिय देवी मान्दछन । दशैंको समयमा मन्दिर क्षेत्रमा श्रद्धालुहरूको ठूलो जमघट हुने गर्दछ । अन्य अवसरमा पनि यहाँ धेरै भक्तजन पुग्ने गर्दछन । यिनलाई चाहेको कुरा पु¥याइदिने र आफना भक्तप्रति कृपादृष्टि राख्ने देवी मानिन्छ ।
The famous Bindhyabasini Temple at Pokhara is situated on a small hillock and is a dome-shaped structure with a finely crafted pinnacle. It is said that the idol was brought here from Vindyachal of India. A legend credits King Siddhinarayan of Kaski with the foundation of the temple. Bindhyabasini Temple is very popular among the residents of Pokhara and also among tourists and pilgrims from elsewhere in Nepal. The temple is especially popular during Dashain and Teej.