काठमाडौंको स्वयम्भूमा रहेकी हारतीलाई अजिमा र अभिरती पनि भनिन्छ । हिन्दू र बौद्धमार्गी दुवैले पूजाआजा गर्ने यी देवीले विभिन्न रोगहरू, विशेष गरी बिफरबाट रक्षा गर्छिन् भन्ने जनविश्वास छ । तर यिनलाई केटाकेटी खाने माईका रूपमा पनि लिइन्छ । यिनको उत्पत्तिसम्बन्धी किंवदन्ती अनुसार, स्वयम्भूकी अजिमाले कुनै समय राजगृहका बालबालिकालाई निरन्तर रूपमा खाने गर्दथिन् । तसर्थ त्यस टोलका बालबालिका प्रत्येक दिन हराउन थालेछन् । कालान्तरमा ती बालबालिका हारतीले खाएको थाहा पाई स्थानीय बासिन्दाहरूले बुद्धलाई उजुरी गरेछन् । पछि बुद्धले पनि उनको सबैभन्दा प्यारो कान्छो छोरो पक्रिएर उसलाई उपदेश दिन लगेछन् । कालान्तरमा हारती आप्mनो छोरो खोज्दै जाँदा बुद्धकहाँ पुगिछन् । बुद्धले उनलाई ‘आप्mनो छोरो हराउँदा कस्तो हुँदो रहेछ त ? अरूका बालबच्चा किन खाएको ?’ भनी सोधेछन् । हारतीले अब त्यसो नगर्ने बताइछन् । यही किंवदन्तीका आधारमा आजसम्म पनि हारतीलाई आप्mना बालबालिकाको सुरक्षाका लागि पूजाआजा गर्ने चलन छ । बिफरजस्तो प्रकोप नआओस् भनेर पनि यिनको पूजाआजा गर्ने प्रचलन बढेको हो । यही कारण उनी माईका रूपमा पुजिने गरेकी हुन् । हारतीको मन्दिर स्वयम्भू स्तूपछेउ छ । आप्mनी रानी बिफरले मरेपछि रणबहादुर शाहले हारतीको पुरानो मूर्ति तोडिदिएका थिए । त्यसपछि यस स्थानमा अर्को हारती मूर्ति राखियो । अहिले यहाँ भएको हारतीको मूर्ति १९ औं शताब्दीमा राखिएको हो ।
Situated in the vicinity of the Swayambhu Stupa, the temple of Hariti Ajima – also known as Abhirati -- is famous as a deity with the powers to control small pox. It is said that she was originally a child-eating Ajima who was converted by the Buddha into a protector of children.
When a queen of Rana Bahadur died of small pox he broke the idol of Hariti in anger. Later, another idol of the deity was placed in the temple and it is worshipped to this day.