Photos: Seto Machendranath सेताे मच्छेन्द्रनाथ

The temple of Seto Matsyendranath is located in Janabahal, Asan. The deity is worshipped by both Hindus and Buddhists -- as Shiva by Hindus, and as a manifestation of the Bodhisattva Avalokiteswara by Buddhists. The temple itself is extremely old, but it was reconstructed in the seventeenth century. It is built in the Nepalese style and comprises of two metal roofs. The walls are built in two rows and the temple premises contains various shrines, chortens, and idols of Hindu and Buddhist deities, including quite a few Taras. The toranas, pinnacles, and struts are all adorned with elaborate carvings and the entire temple is considered to be of great cultural and artistic value.

काठमाडौंको व्यस्त असन बजारस्थित केलटोलको जनवाहामा सेतो मत्स्येन्द्रनाथको मन्दिर छ । यिनलाई जनवहादेव र बोधिसत्व आर्य अवलोकितेश्वर पनि भनिन्छ । मत्स्येन्द्रनाथलाई बौद्ध र हिन्दूदुवैले पूजाआजा गर्ने गर्दछन् । हिन्दूहरूले यिनलाई शिवजीको एउटा स्वरूप मान्दछन्, जसले वर्षा गराउँछ । बौद्धमार्गीले भने यिनलाई अवलोकितेश्वरका रूपमा पूजाआजा गर्ने गर्दछन् । प्रत्येक वर्ष चैत पूर्णिमाका दिन यिनको जात्रा गर्ने चलन छ । मूर्ति सेतो रंगको छ, शरीरमा लुगा लगाइएको देखिन्छ । मूर्तिको अनुहार मात्र सेतो रंगको देखिने गर्दछ । यसै आधारमा सेतो मत्स्येन्द्रनाथ भनिएको हो । सेतो मत्स्येन्द्रनाथको मन्दिर निकै पुरानो हो । जीर्णोद्धार विक्रमको सत्रौं शताब्दीतिर भएको मानिन्छ । यो मन्दिर दुई वटा छानायुक्त छ । भित्ता पनि दुई तहमा बनाइएको देखिन्छ । मन्दिरवरपर विभिन्न चैत्य, ससाना मन्दिर र मूर्तिहरू छन् । ताराका मूर्ति र चैत्यहरूले यो मन्दिर क्षेत्र भरिएको छ । आकर्षक देखिन्छ । तोरण, टुँडाल र गजुर लगायतका वस्तुहरू अति कलात्मक छन् । सेतो मत्स्येन्द्रनाथको मन्दिर कलाकृतिका दृष्टिले निकै महत्वपूर्ण पनि छ ।