मत्स्येन्द्रनाथलाई बंगद्यो, करुणामय र आर्य अवलोकितेश्वर आदि विविध नामहरूले पूजाआजा गर्ने गरिन्छ । रातो मत्स्येन्द्रनाथको मन्दिर ललितपुरकोतावहालमा पर्दछ । तीन तहको छानायुक्त नेपाली तले शैलीको मन्दिर वि.सं. १४६५ मा बनेको मानिन्छ । यता किंवदन्तीहरूले भने उक्त मन्दिर लिच्छविकालमा नरेन्द्र देवका पालामा बनेको बताउँछन । एउटा किंवदन्ती अनुसार, एक पटक गोरखनाथ काठमाडौंमा घुम्न आएका थिए । त्यति बेला उपत्यकावासीले उनको मानसम्मान यथोचित रूपले गरेनछन । यसबाट रिसाएर उनी सबै नागहरूलाई आफनो अधीनमा लिएर तपस्या गर्न एउटा गुफामा पसेछन । त्यसपछि उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । पछि भारतको असमतिर बस्ने मत्स्येन्द्रनाथ आफना चेलालाई ब्यूँताएर उपत्यकाको कष्ट हटाउन आएछन । आफना गुरु नेपाल आएको थाहा पाई गोरखनाथ उनलाई स्वागत गर्न ध्यानबाट उठेछन र उपत्यकामा वर्षा भएछ । त्यसपछि नरेन्द्र देवले पाटनमा तिनको मन्दिर बनाएर मूर्ति पनि राख्न लगाएछन । त्यसपछि नै यिनको सम्मानमा रथयात्राको पनि सुरुआत गरिएको हो ।
मस्येन्द्रनाथको रथयात्रामा भोटो देखाउने चलन छ । यिनको रथयात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने गर्दछ । रथ ३२ हात अग्लो काठको स्तम्भयुक्त बनाउने चलन छ । विगतमा रथयात्रा गर्ने स्थानमा यो रथको लिंगोभन्दा अग्लो घर बनाउन नमिल्ने चलन थियो । कालान्तरमा यो नियमलाई बेवास्ता गर्न थालियो । बौद्धमार्गीले मत्स्येन्द्रनाथलाई अवलोकितेश्वरका नामले पूजाआजा गर्दछन । तर यिनको मन्दिर भने हिन्दूहरूको जस्तो नेपाली तले शैलीमा निर्मित छ । यिनलाई हिन्दूहरूले शिवजीको रूप मान्दछन । यिनको मूर्ति रातो काठबाट बनेको छ । यस मन्दिरका माथ्ला दुई छाना धातुका छन । तल्लो छाना भने झिंगटीले छाइएको छ । मन्दिर परिसरमा अन्य मन्दिर र चैत्यहरू पनि छन । मत्स्येन्द्रनाथको मूर्ति छ महिना यही मन्दिरमा राखिन्छ; वर्षा सकिएपछि छ महिनाका लागि बुङमतीमा लगिन्छ ।
The famous temple of Rato Matsyendranath, located in Tabahal of Lalitpur, is a holy site for both Hindus and Buddhists -- Buddhists worship the deity as a manifestation of the Bodhisattva Avalokiteswara, while Hindus view him as an incarnation of Lord Shiva. It is said that the deity was brought to Nepal from Assam by the Lichchhavi king, Narendra Deva, although historical records show that the temple was built in 1408 AD.
According to legend, the temple and the famous Rathajatra was established after Matsyendranath arrived in Kathmandu and managed to convince his disciple, Gorakhnath, to release the snakes of the Kathmandu Valley and thus end the twelve year drought their capture had caused. The temple comprises of multiple roofs; two of them are carved out of metal while the others are made from tiles. Present within the temple premises are many small shrines and chortens. The idol of the deity, which is carved out of red wood, is kept here for six months and is moved to Bungmati for the rest of the year.