Photos: Ram Mandir Battisputali राम मन्दिर बत्तिसपुतली

काठमाडौंको बत्तीसपुतलीमा रहेको राम मन्दिर १३० वर्ष अगाडितिर राणाकालमा निर्माण गरिएको हो । मन्दिर भव्य राजपूत शैलीमा निर्मित छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका कालो प्रस्तरमा निर्मित मूर्तिहरू छन् । मन्दिरछेउछाउ अनेक प्रकारका कलावस्तुहरू छन् । रामलाई हिन्दूहरूले विष्णुको अवतार मान्दछन् । यिनलाई आदर्श पुरुषका रूपमा पनि लिने गरिन्छ । रामकी पत्नी सीताको जन्मथलो जनकपुर नेपालको जनकपुरमा पर्ने हुनाले रामको पूजाआजा गर्ने चलन नेपालमा धेरै पहिलेदेखि सुरु भएको हो । यिनका मूर्तिहरू नेपालमा १५०० वर्ष अगाडिदेखि बन्न थालेको पाइएको छ । पशुपति क्षेत्रको रामको मूर्ति लिच्छविकालमा बनेको मानिन्छ ।
बत्तीसपुतलीको राम मन्दिर क्षेत्रमा रामनवमीमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ अन्य अवसरहरूमा पनि श्रद्धालुहरूको घुइँचो भई नै रहन्छ ।

The Ram Temple (Ram Mandir) at Battisputali, Kathmandu was built about 130 years ago by the Rana rulers of Nepal. The temple is built in the Rajputa style and idols of Ram, Laxman, and Sita are housed within, while the outer premises contain various artistic objects, including a famous idol of Hanuman.

The idol of Ram itself dates back to the Lichchhavi period. The temple receives quite a few devotees daily, but it is during the festival of Ramnavami when it truly comes to life.