Photos: Muktinath, Mustang मुिक्तनाथ मुस्ताङ

प्रसिद्ध मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको मुक्तिनाथ गा.वि.स.मा पर्दछ । वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिर नेपाली तले शैलीमा निर्मित छ । मन्दिर छेउछाउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरू पनि छन् । कालीगण्डकी नदीको नजिकै पर्ने मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरूले गराएका हुन् ।
मुक्तिनाथ मन्दिरमा हिन्दू ब्राह्मणले नित्य पूजाआजा गर्ने र बौद्ध झुमाहरूले प्रसाद वितरण गर्ने चलन छ । तसर्थ मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिरमा धातुको मुक्तिनाथको मूर्ति राखिएको छ । त्यसका साथै लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरू पनि छन् । शालिग्राम पाइने प्रसिद्ध स्थलमा मुक्तिनाथ रहेकाले हिन्दूहरूमा यसको विशेष महत्व छ । बौद्धमार्गीहरू यहंँको ज्वालालाई अवलोकितेश्वरको स्वरूप मान्दछन् ।
बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवान्को दर्शन यात्रा पुरा नहुने जनविस्वास भएकोले यो क्षेत्रको धार्मिक महत्व एकदम बढी रहेको छ । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह«ौं–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि.सं. १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ । मुक्तिनाथ भेगमा जनै पूर्णिमा र कात्तिक पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । तर स्वदेशी र विदेशी पर्यटक र तीर्थयात्रीहरू सालैभर यस क्षेत्रको भ्रमणमा आई नै रहन्छन् । यसले गर्दा मुक्तिनाथमा सधैं मेला लागिरहे जस्तो देखिने गर्दछ ।
 

Established by the King of Jumla in the medieval era, the temple of Muktinath in Muktinath VDC of Mustang District is an important religious centre for both Hindus and Buddhists; for Hindus because it is located in the Shaligram Kshetra, and for Buddhists because they consider the Jwalamai temple to be built in honour of the Bodhisattva Avalokiteshvwara. The present temple complex consists of a Nepalese style temple built by a Shah king in 1814 AD, the 108 fountains, the Jwalamai and Shiva temples, and a Buddhist gumba. A metal idol of Muktinath, along with idols of Garuda, Saraswati, and Laxmi, is kept inside the temple. Although Kartik Purnima and Janai Purnima are considered the most auspicious occasions to visit the temple, pilgrims visit the temple all the year round, and many tourists do so too during the trekking season. It is a tradition at Muktinath for Hindu priests to perform rituals and for the Buddhist ones to distribute sacred offerings. As such, Muktinath is one of the greatest examples of the coexistence and comingling of Hindu and Buddhist religious traditions in Nepal.

It is said of Muktinath that one cannot ascend to Heaven unless one has paid one's respects to the deity at Muktinath, along with those at the Badrinath, Kedarnath, and Pashupatinath temples.