Photos: Changu Narayan, Bhaktapur चांगु नारायणा भक्तपुर

भक्तपुर बजारदेखि करिब छ किलोमिटर उत्तरपूर्वमा पर्ने चाँगु शिखरमा प्रसिद्ध चाँगु नारायणको मन्दिर अवस्थित छ । प्राचीन कालमा चाँगु नारायणको पर्वतलाई दोलाद्री शिखर भनिन्थ्यो । दोलाद्रीको नारायण सर्वप्रथम हरिदत्त वर्माले स्थापना गराएको विवरण पाइन्छ । चाँगु नारायणमा प्राप्त राजा मान देवको वि.सं. ५२१ सालको स्तम्भ अभिलेखमा सर्वप्रथम यसको नाम उल्लेख भएको पाइन्छ । राजा मान देवले चाँगुमा राखेको अभिलेख लिच्छविकालको इतिहास अध्ययनको महइभ्वपूर्ण स्रोत मानिन्छ । चाँगुमा रहेका विष्णु हुनाले यिनलाई चाँगु नारायण भनिएको हो । मानदेवपछि अंशु वर्माले चाँगुमा सुनको कवच लगाइदिएको इतिहास छ । यस मन्दिरमा रहेको शिलालेख नेपालको सबैभन्दा पुरानो हो ।
चाँगुको उत्पत्तिका सम्बन्धमा नेपाल माहात्म्यमा एउटा कथा पाइन्छ । त्यस अनुसार, द्वापर युगमा चाँगु भेगमा एक जना ब्राह्मणको गाई गोठ रहेछ । गोठालाले गाई दुहेर दूध लिई घरतिर फिर्दा बाटामै दूध गायब हुँदो रहेछ । यस घटनाबाट दिक्क भएका ब्राह्मण दूधचोर पत्ता लगाउन एक दिन हातमा खुकुरी लिएर बाटामा बसेछन् । त्यत्तिकैमा एउटा युवकले रूखबाट निस्किएर घरतर्फ लग्दै गरिएको दूध बाल्टीबाट खान लागेछ । ब्राह्मणले पनि चोर पत्ता लगाएको सोची त्यस केटालाई खुकुरीले काटेर मारेछन् । तर यथार्थ के रहेछ भने, भगवान् विष्णु ब्राह्मण हत्याको दोष लागी त्यस स्थानमा चोरका रूपमा बस्ने गरेका रहेछन् । दूध चोर्ने व्यक्ति पनि विष्णु नै रहेछन् । चोर मानेर ब्राह्मणले नै उनलाई मारेको हुनाले विष्णु पापमुक्त भएछन् । तसर्थ त्यहाँ विष्णु स्वयं उत्पत्ति भई उनको मूर्ति र मन्दिर स्थापना गर्न आदेश दिएछन् । यसरी तिनै गोठाला ब्राह्मणले चाँगुमा विष्णुको मन्दिर र मूर्ति स्थापना गरेको कथा पाइन्छ । यो मन्दिर विश्व सम्पदा सूचीमा समावेश छ । काठमाडौं उपत्यकाका चार नारायणमध्ये चाँगु नारायण पनि एक हुन् ।

Changu Narayan is situated on the top of a hill about six kilometres North-East of Bhaktapur City and is one among the four famous Narayans of the Kathmandu Valley. In ancient times the hill was known as Doladri, and, according to historical records, it was King Haridutta Varma of Kathmandu that established the temple. Also found here is a stone pillar erected by Manadeva, the Lichchhavi ruler, and the golden-plated coverings offered by the King Asmuvarma.

The mythical origins of the temple, however, are markedly different, and they tell the tale of how Vishnu, cursed for killing a Brahmin, lived here as a thief so that he could die by a Brahmin's hand and thus atone for his earlier crime. It is said that he used to steal milk from a Brahmin cowherd, and when the latter finally caught him and killed him, he requested him to erect a temple and a statue at the top of the hill.