Photos: Budhanilkantha बुढानीलकण्ठ

बूढानीलकण्ठ मन्दिर शिवपुरीको फेदीमा पर्दछ । बूढानीलकण्ठमा चतुर्बाहु नारायणको मूर्ति पोखरीमा सुतेको अवस्थामा छ । प्राचीन कालको नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति यही हो । बूढानीलकण्ठको मूर्ति लिच्छविकालमा बनेको मानिन्छ । यसका

लागि मन्दिर भने बनाइएको छैन । मूर्ति खुला आकाशमुनि पोखरीमा छ । बूढानीलकण्ठको उत्पत्तिका बारेमा जनमानसमा अनेक

किंवदन्तीहरू पाइन्छन । तीमध्येको एउटामा के भनिएको छ भने, प्राचीन कालमा नेपालका एक राजा भारतका बद्रीनाथ र केदारनाथ लगायतका तीर्थमा सालिन्दा जाने गर्दथे । त्यसबाट प्रसन्न भई हरिहरले ती राजालाई ‘म नेपालमै उत्पन्न हुन्छु, मेरो दर्शन गर्न अन्यत्र जानुपर्दैन’ भनेछन । त्यसपछि बूढानीलकण्ठको यहाँ उत्पत्ति भएछन । अर्को एक किंवदन्ती अनुसार, एक जना किसानले खेत खन्दा माटोमुनि पुरिएर रहेको यस मूर्तिमा कोदालोले चोट लागी रगत बग्न लागेछ । त्यसपछि मूर्तिलाई खनेर निकाली ती किसानले त्यहीँ पोखरीमा राखेछन । ती किसानको नाम नीलकण्ठ भएकाले उक्त मूर्तिलाई पनि बूढानीलकण्ठ भन्न थालिएछ ।

अझ अर्को किंवदन्ती अनुसार, एक पटक राजा प्रताप मल्लले बूढानीलकण्ठको मूर्ति उखेली हनुमानढोका दरबारमा ल्याउन सोच बनाएछन । तर सपनामा बूढानीलकण्ठले ‘तिमीहरूले मेरो दर्शन नगर्नू, गरेमा मृत्यु हुनेछ’ भनेकाले मल्ल र शाह राजाहरूले यिनको दर्शन गर्दैनथे । पछि प्रताप मल्लले दर्शन गर्नका लागि बूढानीलकण्ठको एउटा मूर्ति बालाजुमा स्थापना गराए, जुन अझै छँदै छ । बूढानीलकण्ठमा वैशाख एकादशी तथा कृष्णाष्टमीका अवसरमा मेला लाग्ने गर्दछ । अन्य बेलामा पनि भक्तहरूको घुइँचो हुने गर्दछ ।

Budhanilkantha is a four-armed idol of Lord Vishnu located at the bottom of the Shivapuri Hill. It is one of the biggest idols crafted during the ancient period and is not housed within a temple; rather, it is found lying in a supine posture on a small pond. Different legends abound as to the establishment of the idol, with some stating that it was built by a king, and another that it was found in a field by a farmer named Nilkantha. It was also believed that the kings of Nepal were forbidden, on pain of death, from worshipping this particular idol. Therefore, King Pratap

Malla had another idol of Budhanilkantha built in Balaju and it was there that the kings used to pay their respects to the deity.

Quite a few people visit Budhanilkantha every day to pay their devotions, but it is especially popular during the Baisakh Ekadasis, during which a grand fair is held in the area.