Photos: Buda Subba Dharan बुढा सुब्बा धरान

बूढासुब्बाको मन्दिर सुनसरी जिल्लाको धरान नगरपालिका–१४, विजयपुरमा पर्दछ । बूढासुब्बाका रूपमा बूढासुब्बा मन्दिरभित्र रहेको माटाको ढिस्कामाथि पूजाआजा हुने गरेको छ । बूढासुब्बा मन्दिरमा अर्को एउटा ढिस्कामा बूढी सुब्बेनीको पनि पूजाआजा गर्ने चलन छ । बूढासुब्बाका रूपमा पुजिने धमिराले उठाएको जस्तो माटाको ढिस्को के हो भन्ने कुरा हालसम्म स्पष्ट छैन । कतिपय मानिसहरू यसलाई बुद्धिकर्ण राईको समाधि मान्दछन् भने अन्य कतिपय चाहिं यस भेगका मगर काजीको समाधि मान्दछन् । बूढासुब्बामा मगरहरू पुजारी रहने प्रचलन रहेकाले पनि यस्तो तर्क गर्ने गरिएको हो । पूर्वी नेपालको धरानसहित आसपासका क्षेत्रमा बूढासुब्बाको कथा प्रसंग जनजीवनमा लोकोक्तिका रूपमा प्रचलित छ । उनलाई त्यस्ता लोकोक्तिहरूमा धनुवाण लिएर हिंड्ने, गुलेली र मट्याङ्ग्रा चलाउने सिकारीका रूपमा प्रस्तुत गर्ने गरिन्छ । उनलाई साक्षात् देवताका रूपमा पूजाआजा गर्ने चलनसमेत छ । बूढासुब्बाको ख्याति धरानपूर्वको भोगटेनी, टाडी लगायतका भावर क्षेत्रमा पनि पाइन्छ । तसर्थ प्रारम्भमा बूढासुब्बा यस भेगका शासक या भारदार थिए, जसको ख्याति भने अत्यधिक बढेको थियो भन्ने मान्यता छ ।
बूढासुब्बाको मन्दिर सामान्य प्रकारको छ । मन्दिरभित्रको पूजाआजा गरिने माटाको ढिस्कामा थुप्रै प्रकारका त्रिशूलहरू गाडिएका र घण्टीहरू झुन्ड्याइएका देखिन्छन् । उनका लागि कुखुराको भाले र सुँगुरको बलि दिने चलन छ । उनको भाकल गरी पशुबलि दिएमा सुख–समृद्धि हुने तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तसर्थ प्रत्येक शनिबार पशुबलि दिन भक्तजनको भीड लाग्ने गरेको छ । बूढासुब्बालाई विशेष गरी किराँतीहरूले आप्mना देवता मान्दछन् । अन्य समुदायका श्रद्धालुहरूले पनि यिनलाई समान रूपमा विश्वास गर्दछन् । बूढासुब्बा भेगमा माटाका मट्याङ्ग्राहरू प्रशस्तै पाइन्छन् । तिनलाई बूढासुब्बाले निर्माण गरी प्रयोग गरेको मानिन्छ । तिनलाई रोगव्याधि निको पार्ने माध्यमका रूपमा समेत स्थानीय बासिन्दाहरू प्रयोग गर्ने गर्दछन् । यहाँका बाँसका टुप्पा हुँदैनन् । बूढासुब्बाको गुलेली र मट्याङ्ग्राले हानेर टुप्पा भाँचिएको मान्यता छ । उता, मोरङको सुन्दरपुर गा.वि.स.मा पर्ने हसिना सिमसारमा पनि बूढासुब्बाको सामान्य मन्दिर निर्मित छ । यस भेगमा विजयपुरे बूढासुब्बा सिकारका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।

Worshipped by the ethnic peoples of Eastern Nepal, Budhasubba is a legendary figure who is said to have been a great warrior during the unification of Nepal. As the priest of temple belongs to the Magar community, it is generally believed that Budhasubba was of the same community.

The temple is situated in the Mid-Eastern region of Vijaypur Hill in Dharan. It is a simple structure with a tin-roof, and the object of worship itself is nothing more than a hump of mud. Animals are offered as sacrifice to the deity, especially on Saturdays, which is considered to be a propitious day for the same. While the Kirati people consider Budhasubba to be their own deity, he is also worshipped by the general population of the region as a powerful God.