Photos: Tripureshwor Mahadev त्रिपुरेश्वर महादेव

काठमाडौंको त्रिपुरेश्वरमा कालमोचनघाटको नजिकै प्रसिद्ध त्रिपुरेश्वरको मन्दिर छ । तीन तलाको छाना भएको यस मन्दिरलाई उपत्यकाको सबैभन्दा ठूलो मन्दिर मानिन्छ । यो मन्दिर इसाको उन्नाइसौं शताब्दीमा ललितत्रिपुरसुन्दरी देवीले स्थापना गर्न लगाएकी हुन् । यस मन्दिरका तीन वटा छानामध्ये माथिका दुइटामा धातुको पाता मोरिएको छ भने तलको एउटा छानो चाहिं झिंगटीले छाइएको छ । यो मन्दिर तहतह परेको अग्लो पेटीमा निर्माण गरिएको छ । यसका टुँडाल र तोरण ज्यादै आकर्षक छन् । त्रिपुरेश्वर महादेवका रूपमा मन्दिरभित्र रहेको शिवलिंगमा पूजाआजा हुने गर्दछ । मन्दिरभित्र सादा शिवलिंग छ । त्यसको छेउछाउ विष्णु, सूर्य, गणेश र देवीका मूर्तिहरू पनि छन् । बालाचतुर्दशी, शिवरात्रि र साउनभर यहाँ भक्तहरूको भीड
लाग्दछ ।

The temple of Tripureshwor Mahadev near the Kalamochan Ghat, is the largest temple in Kathmandu Valley, built by Lalit Tripura Sundari Devi in the nineteenth century, it has three roofs -- the upper two crafted of metal, while the bottom one is of baked terracota -- and sits on a raised platform. While the struts and toranas are of great artistic value, the object of worship itself is a simple Shivalinga surrounded by idols of Vishnu, Surya, Ganesh, and Devi. The temple is quite popular as a religious site during Shivaratri, Balachaturdashi, and also during the month of Shrawan.