धरान नगरपालिका–१४, विजयपुरमा पर्ने पिण्डेश्वर बाबाको चर्चा गर्ने प्रमुख ग्रन्थ स्कन्दपुराणको हिमवत्खण्ड अन्तर्गत पर्ने रुद्राक्षारण्य माहात्म्य हो । यसमा पिण्डेश्वरलाई रुद्राक्षको वनका रूपमा रुद्राक्षारण्य भनिएको उल्लेख छ । धरान, विजयपुरको सबैभन्दा दक्षिणी मोहडामा रहेको पिण्डेश्वर भेगमा पिण्डेश्वर भगवान्, गणेश र अष्टभुजा लगायतका देवीदेवताका मठमन्दिरहरू छन् । पिण्डेश्वरको ख्याति मध्यकालदेखि नै बढेको पाइन्छ । तसर्थ यहाँ मध्यकालदेखिका कलाकृतिका नमुनाहरू पाइएका छन् । आभिलेख्य प्रमाणहरू भने नेपाल एकीकरणपछिका मात्र प्राप्त छन् । पिण्डेश्वरको उत्पत्तिका सम्बन्धमा रुद्राक्षारण्य माहात्म्यमा के चर्चा पाइन्छ भने, समुद्र मन्थनबाट प्राप्त विभिन्न प्रकारका वस्तुहरूमध्ये अमृतलाई भने छानियो र त्यसका छोक्राहरू यसै भागमा फालिए । प्रचलित जनविश्वास अनुसार, तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको हो । पिण्डेश्वर क्षेत्रमा सरस्वती कुण्ड र संस्कृत विषय अध्यापन हुने पिण्डेश्वर क्याम्पस पनि छन् ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले पिण्डेश्वर नेपालको पूर्वाञ्चल विकास क्षेत्रकै महइभ्वपूर्ण स्थल मानिन्छ । ऐतिहासिक रूपमा यस भेगमा विजयपुर राज्य तथा त्यसको राजधानी पर्दथ्यो । साउन महिनाभर नेपालका विभिन्न भाग र भारततिरबाट समेत पिण्डेश्वर बाबालाई जल चढाउन हजारौं भक्तालुहरू आउने गरेका छन् । बाबाधामका नामले समेत परिचित यस स्थानमा यहाँदेखि करिब १३ किलोमिटर पश्चिममा रहेको सप्तकोशी नदीको पानी ल्याएर चढाउने चलन छ । पिण्डेश्वरमा मेला लाग्ने अवसरहरू भने बालाचतुर्दशी, शिवरात्रि र तीज हुन् । वि.सं. २०५९ सालदेखि पिण्डेश्वर बाबाका नाममा चतरामा पिण्डेश्वर कुम्भमेला महोत्सवको आयोजना हुँदै आएको छ । उक्त मेला प्रत्येक १२–१२ वर्षमा एक महिनासम्म लगाउने योजना रहेको बुझिन्छ । यसको सुरुआत जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले गर्नुभएको हो । पिण्डेश्वरको सम्बन्ध यस भेगका अन्य धार्मिक स्थलहरूसँग पनि रहेकाले यसको अखण्ड ज्योति निभेमा रामधुनीको धुनीबाट आगो ल्याएर सल्काउनुपर्ने र रामधुनीको आगो निभ्दा पनि पिण्डेश्वरबाटै लगेर सल्काउने परम्परा छ । विगतमा यस भेगमा बाघाम्बर र चिताम्बर नामका दुई जना चमत्कारी बाबाहरू रहेको र उनीहरू बाघमा चढेर हिंड्ने गर्दथे भनिन्छ । कात्तिक मेलाका अवसरमा वराहक्षेत्र आउने साधुसन्तका लागि पिण्डेश्वरमा हण्डीको व्यवस्था गरिने हुँदा यसको सम्बन्ध वराहक्षेत्रसँग समेत रहेको मानिन्छ ।
The famous Pindeshwor Temple is situated on the Southern end of Vijaypur Hill in Dharan. This area, known as Rudraksharanya (the forest of Rudraksha), is of great religious and historical significance as it hosts numerous other temples and also contains archaeological remains of the medieval era Vijaypur Kingdom. Pindeshwor being a manifestation of Lord Shiva, the object of worship is a stone phallus (Shivalinga), and thousands of pilgrims visit the temple to offer water from the Koshi river to the same during the month of Shrawan. Pilgrims also visit the temple in large numbers during the occasions of Balachaturdashi, Shivaratri, and Teej.
The traditions of the temple are related to the Ramdhuni of Chatara, and accordingly, whenever the akhanda dipa of Pindeshwor is lit, the light of Ramdhuni is used. Similarly, the light of Pindeshwor is taken to Ramdhuni whenever the dhuni of Ramdhuni is to be lit. It is also said that Bhaganbar and Chitambar used to travel frequently around the area on the backs of tigers.