Photos: Pashupatinath पशुपतिनाथ

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको मन्दिर काठमाडौंको वाग्मती किनारमा अवस्थित छ । पशुपतिनाथका रूपमा यहाँ पञ्चमुखी शिवलिंगको पूजाआजा हुने गर्दछ । नेपाली तले शैलीको दुई तहयुक्त पशुपति मन्दिरको छानालाई धातुका पाताले मोरेर सुनको जलप लगाइएको छ । यसको गजुर पनि सुनको छ । चारतिरका चार ढोकामा चाँदीका पाता मोरिएका छन् । यहाँका तोरण, टुँडाल र अन्य वस्तुहरू पनि निकै कलात्मक छन् । पशुपतिनाथ र नेपालको उत्पत्ति सँगसँगै भएको किंवदन्ती पाइन्छ । वंशावलीहरूका अनुसार, नेपालका प्रारम्भिक शासक गोपालवंशका गोठालाहरूकी बहुह«ी नामक गाईले एउटा ढिस्कामा दूध चुहाउने गरेकी रहिछन् । गोठालाका नाइकेले त्यहाँ खन्दा पशुपतिको ज्योतिर्लिंग उत्पत्ति भएछ । पछि त्यहीँ पशुपतिनाथको प्रतिष्ठापन गरिएछ । नेपालको पहिलो राजवंश गोपालवंश हो । तसर्थ पशुपतिनाथ र नेपालको राज्य व्यवस्थाको सुरुआत एकसाथ भएको मानिन्छ । नेपाल माहात्म्य, वराह पुराण र शिव महापुराण लगायतका ग्रन्थहरूले पशुपतिनाथको महिमागान गरेका छन् । परापूर्वकालमा शिवजी पशुपति क्षेत्रको मृगदावनमा मृगको रूप धारण गरी बसेको विवरण पाइन्छ । पशुपति क्षेत्रमा पशुपतिका रूपमा रहेका शिवजीका साथमा ब्रह्मा, विष्णु, गणेश लगायतका थुप्रै देवीदेवताका मूर्ति र मन्दिरहरू छन् । पशुपतिनाथको पूर्वतिर प्रसिद्ध आर्यघाट छ । अलिकति पर गुह्येश्वरीको अवस्थिति छ । तसर्थ पशुपति भेग अति भव्य छ । यो स्थान श्राद्ध, संस्कार, स्नान, देवपूजन र अन्य धार्मिक तथा संस्कारगत कृत्यका लागि नेपालको सबैभन्दा महत्वपूर्ण र पवित्र तीर्थ मानिन्छ । शिवरात्रि, तीज र बालाचतुर्दशीका अवसरमा पशुपतिनाथमा ठूलठूला मेला लाग्ने गर्दछन् । काठमाडौंको भ्रमण गर्ने जोकोही पनि यहाँ नपुगी नफिर्ने हुनाले यहाँ सधैं मेला लागेजस्तो देखिन्छ । कलाकारिताका दृष्टिले सम्पन्न, सांस्कृतिक विविधतायुक्त र सर्वप्राचीन यस तीर्थमा स्वदेशी र विदेशी पर्यटकको सधैं घुइँचो लागेको देखिन्छ ।

 

The temple of Pashupatinath in Kathmandu is considered as the most important Hindu temple in Nepal and among the most important worldwide. Lying on the banks of the Bagmati River it is a sprawling complex that houses numerous subsidiary temples, shrines, and idols.

The main temple is dedicated to Lord Shiva, who is said to have lived with his consort Parvati in Mrigadavana above the temple in the form of a deer. It is a two-storeyed structure with a beautiful gold-plated roof. The doors of the temple are all silver-plated and the entire structure is ornamented with exquisitely crafted struts and toranas.

The temple is believed to have been founded when a cowherd -- one of the early settlers of the valley -- had increasing difficulty milking one of his prized milk cows, named Bahuhri. In trying to get to the root of the reason as to why she refused to be milked he discovered that she would pass milk of her own volition over a mound. Digging up the mound the cowherd

discovered the idol of Lord Pashupatinath, whereupon he established the temple.

Today the temple is extremely popular as a place of worship, not only for the people of Nepal but for Hindus all over the world, and the temple complex is always crowded, especially

during the festivals of Shivaratri, Balachadurshi, and Teej, among others.