Photos: Kedareshowor, Pokhara केदारेश्वर पाेखरा

पोखराको लेकसाइडमा केदारेश्वरको प्रसिद्ध मन्दिर छ । यहाँ स्वदेशी र विदेशी पर्यटक र तीर्थयात्रीहरूको सधैं भीड लागिरहन्छ । मन्दिर दुई तहको छानायुक्त नेपाली तले शैलीमा निर्मित छ । मन्दिरवरपर बसाहा र अन्य देवीदेवताका मूर्तिहरू छन् । मन्दिरको छाना धातुका पाताले छाइएको छ । मन्दिरमाथिको सुनौलो पित्तलको गजुर पनि निकै आकर्षक देखिन्छ ।
केदारेश्वर महादेवको स्थापना कास्कीका चौबीसे राजाहरूले गराएको मानिन्छ । तर यसको वर्तमान स्वरूप भने धेरै पछिको हो । यहाँ शिवरात्रि, बालाचतुर्दशी र तीजका समयमा तीर्थयात्रीहरूको भीड लाग्दछ । अन्य अवसरहरूमा पनि पोखरा र ताल क्षेत्र घुम्न आउने स्वदेशी र विदेशी तीर्थयात्री तथा पर्यटकहरू यहाँ पुग्ने गर्दछन् । यो मन्दिरले काठमाडौंको पशुपतिनाथको मन्दिरको झझल्को दिन्छ ।

The temple of Kedareshwor is situated on the Lakeside in Pokhara. It is a Nepalese style temple and has two metal roofs with the pinnacle carved of golden coloured bronze. Present also are beautiful and exquisitely carved toranas and tunalas. The idol of Kerdareshwor itself dates back to the medieval era and the reign of the kings of Chaubise. The present temple, however, is a much more recent construction, and its compound houses beautiful idols of Nandi and other gods and goddesses.

The temple is popular among both local devotees and tourists, who visit it to appreciate the artwork.