Photos: Doleshwor Mahadev डाेलेश्वर महादेव

भक्तपुरको सिपाडोलमा प्रसिद्ध डोलेश्वर महादेवको मन्दिर छ । मन्दिर आकर्षक छ, गुम्बज शैलीमा निर्मित छ । यसलाई विमलेश्वर र सिपारे महादेव पनि भनिन्छ । यसलाई भारतको उत्तराखण्डस्थित केदारनाथजीको शिरोभाग पनि भन्ने गरिन्छ । पुराणका अनुसार महाभारतको युद्धपछि पाण्डवहरू स्वर्ग जान लाग्दा भगवान् केदारनाथको दर्शन गर्न गए, तर भगवान्ले आफ्ना सन्तान नाश गरेर आएका भनी उनीहरूलाई दर्शन दिन चाहनुभएन । भगवान्ले त्यसपछि राँगो रूप धारण गरी त्यहाँबाट भाग्न खोज्दा भीमले पुच्छर समाते, शिर भने उछिट्टियो । सो शिर भक्तपुरको सिपाडोलस्थित डोलेश्वर भएको मान्यता छ । डोलेश्वर मन्दिरभित्र सादा शिवलिंग राखिएको छ । यसका छेउछाउमा धारा, घण्ट र अन्य कलात्मक वस्तुहरू छन् । शिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । साउन महिनाभर डोलेश्वरमा जल चढाउन भक्तहरूको घुइँचो हुने गर्दछ ।

The Doleshwor Mahadev, the temple built in Gumbaja style, is located in Sipadole of Bhaktapur. It is also known as Bimaleshwor and Sipare Mahadev, and the object of worship is believed to be a depiction of the head of Kedarnath Jee of Uttarakhanda, India. The object of worship is a plain Shivalinga, while the temple itself is surrounded by many different kinds of artistic objects. The temple, while not very old at all, attracts a fair number of devotees during the festivals of Shivaratri and Balachaturdashi, and also during the month of Shrawan.