Photos: Kal Bhairab, Hanumandhoka कालभैरब हनुमानढाेका

काठमाडौंको हनुमान्ढोका दरबारको प्रांगणमा उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ । तर यस स्थानमा यसको स्थापना कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।
मध्यकालतिर काल भैरव मूर्तिअगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय मानिसहरू त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ । शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ ।
 

The idol of Kal Bhairav stands at the North-Western periphery of the Hanumandhoka Royal Palace. It is a standalone idol and doesn't have a temple to house it. Made of black stone and wearing a terrible aspect, it stands twelve feet tall over a dead body and wears a garland of human skulls. The overall appearance of the idol is quite terrifying and it is believed that during the medieval period criminals were punished in front of it, with many dying or blurting out the truth immediately upon witnessing the idol. Although King Pratap Malla established it at its present location, the effigy itself dates back to a few centuries before the king's reign.