Photos: Dolkha Bhimsen, Dolkha दाेलदा भिमसेन दाेलखा

Located four kilometres East of Charikot, the temple of Dolakaha Bhimsen was established during the Kirat aera as Bhimeshwor. The temple is of enormous religious and cultural significance, not only for the people of the vicinity but for the country at large. It is said that whenever the idol of Bhimsen sweats the country is faced with an impending natural or political disaster. As such, many rituals and special kinds of worship are frequently performed at the temple so as to protect the country.

Bhimeshwor is worshipped in the form of Shiva, Bhairav, and Bhim –one of the Pandava brothers in the Hindu epic, Mahabharata. According to a legend, Bhim is said to have rested in the area while recovering from an attack of malaria. Interestingly, the Newars of the area speak a language that is markedly different from the Newari spoken elsewhere. It is said to be derived from the code language spoken by the Pandava brothers during the years of their exile.

Dolakha Bhimsen is the scene of many grand festivals during the occasions of Navaratra, Chaite Dashain, and Khagda Jatra, and is popular both as a place of pilgrimage and as a tourist destination.

जनकपुर अञ्चलको दोलखा जिल्लाको सदरमुकाम चरिकोटदेखि चारकिलोमिटर पूर्वमा पर्ने भीमश्ेवरमा प्रसिद्ध भीमसेन मन्दिर छ । यसलाई दालेखा भीमसेन वा भीमश्ेवर पनि भन्ने गरिन्छ । दोलखा भीमसनेको स्थापना प्राचीन किरांतकाल तिरै भएको मानिन्छ । भीमसनेका मूिर्त र मन्दिरहरू नेपालका अन्य भागमा पनि पाइन्छन,् तर भीमश्ेवरको सांस्कृितक महत्व अलग छ, निकै ज्यादा छ । प्रचलित जनविश्वास अनसुार, देशमा कुनै ठुलो सकंट आउन लाग्यो भने भीमेश्वरको मूर्तिमा पसिना देिखन थाल्दछ । यस्तो अवस्थामा आपत् विपत्बाट देश लाई जोगाउन यिनको विशेष पूजाआजा गर्ने चलन छ । यिनलाई महादवेका रूपमा भीमश्ेवर, शिवको अर्को रूप भैरव र पाचँपाण्डव मध्येका एक भीमको स्वरूपमा समेत पुजाआजा गर्ने चलन छ ।

स्थानीय किंवदन्ती अनुसार, महाभारतका पात्रहरूमध्येका पाँच पाण्डव दोलखामा गुप्तवास बसेका थिए । उनीहरू सांकेतिक भाषा बोल्दथे । त्यही भाषा कालान्तरमा दोलखाका नेवारहरूले बोल्नेगरेको मानिन्छ । हुन पनि अन्यत्रका नेवारहरूको भन्दा दोलखाका नेवारहरूको भाषा अलग छ ।

दोलखा भीमसेनको उत्पत्तिका बारेमा जनमानसमा अनेक किंवदन्तीहरू पाइन्छन् । एउटा किंवदन्ती अनुसार, पाचँ पाण्डव मध्येका भीमलाई कुनै समयमा औलोज्वरोले सताएछ । उनी त्यसबाट जोगिनका लागि भाग्दै यस स्थानमा आएर लुकेछन् । यसै आधारमा यहाँ भीमेश्वरको स्थापना गरिएको हो । अर्को प्रचलित किंवदन्ती अनुसार, कुनै समयमा भरियाहरू यही स्थानमा भारी बिसाएर ढुंगाको चम्का लगाई खाना पकाउन थालेछन् । उनीहरूको खाना पाक्न लाग्दा चम्काको ढुगां हल्लिन लागेछ । तसर्थ भरियाहरूले उक्त ढुंगालाई पन्यूँले पिट्न लाग्दा त्यसबाट रगत आउन थालेछ । उक्त ढुंगा नै भीमश्ेवर रहेछ र त्यसलाई देवता मानी त्यहीँ स्थापना गरेर मन्दिर बनाइएछ ।

भीमेश्वरको स्थापना जसरी भएको भए पनि ऐतिहासिक, सांस्कृितक र धामिर्क दृष्टिले यो मन्दिर ज्यादै महत्वपूर्ण छ । भीमेश्वर भेगमा बडादश,ैं चैतेदशैं र अन्य चाडपर्वहरूमा मेला लाग्ने गर्दछ । यस भेगमा अन्य अवसरहरूमा पनि तीर्थालु र भक्तालुहरूको भीड भइरहन्छ ।

भीमेश्वरको मूर्ति कालो चिल्लो र आकषर्क प्रस्तरबाट बनेको छ । यहाँ अन्य देवीदेवताहरूका मूिर्त समेत प्रशस्तै छन् । यहाँ दशैंको समयमा खड्गजात्रा गर्ने चलन छ, जसकालागि थामी जातिका मानिसहरूको महत्वपूर्ण भूमिका रहन्छ । हिमवतख्ण्ड पुराणले भीमेश्वरको महिमा गान गरेको पाइने हँुदा धार्मिक रूपमा यसको महत्व अत्यधिक रहेको हो ।