Photos: Bhairab Temple, Bhaktapur भैरब मन्दिर भक्तपुर

भक्तपुरमा प्रसिद्ध भैरवको मन्दिर छ, जसलाई आकाश भैरव भनिन्छ । सर्वप्रथम भक्तपुरका राजा जगज्ज्योतिर्मल्लले भक्तपुरको
 
न्यातपोल मन्दिर परिसरमा भैरवको मन्दिर स्थापना गराएका थिए । पछि वि.सं. १७१८ सालमा राजा भूपतीन्द्र मल्लले यसलाई
 
तीनतले बनाए । तसर्थ नेपाली कला शैलीका हिसाबले भक्तपुरको भैरव मन्दिर ज्यादै महत्वपूर्ण छ । स्थानीय लोकोक्ति अनुसार, भक्तपुरको भैरव मन्दिर एक जना राजाले निर्माण गराएका थिए । कुनै समयमा भक्तपुरमा रानी स्थायी र राजा भने अस्थायी हुने र शासन व्यवस्थामा स्थायित्व नरहने हुँदो रहेछ । दिनभर राजा हुने व्यक्ति खोजी गरी स्थानीय बासिन्दाले साँझमा उसको विवाह रानीसँग गरिदिने चलन रहेछ । तर त्यस रात राजा मर्दा रहेछन र पुनः अर्को दिन राजा खोज्ने तथा साँझमा रानीसँग विवाह गरिदिने चलन लामो समयदेखि चलेको रहेछ । यस क्रममा कुनै सूर्यवंशी व्यक्तिले राजाको मृत्युको कारण पत्ता लगाउन रानीसँग विवाह गर्ने मनसाय व्यक्त गरेछन । उनको विवाह भएछ, उनी राजा भएछन । तर ती व्यक्ति अघिल्ला राजाहरूको मृत्युको कारण पत्ता लगाउन रातभर जाग्राम बसेछन । त्यस दिन रानी निदाएपछि उनको नाभिबाट एउटा डरलाग्दो साँप निस्किएछ । त्यसलाई यी राजाले मारेछन । अनि आफू बाँचेछन । त्यसपछि दिनहुँ राजा फेर्ने परम्परा समाप्त भएछ । पछि तिनै राजाले भक्तपुरमा भद्रकालीको रथयात्रा गर्ने चलन चलाएछन । भद्रकालीको रथयात्रा गर्दा विभिन्न देवीदेवताका साथ काशीका भैरव पनि उक्त जात्रा हेर्न आउँदा रहेछन । एक दिन राजाले तिनलाई देखेर चिनेछन र तिनलाई भक्तपुरमै राख्ने प्रयास गरेछन । तर भैरवले मानेनछन । राजाले तान्त्रिक शक्तिले चारैतिर बाटो बन्द गरिदिएछन । त्यसपछि भैरव पातालबाट भाग्न खोजेछन । तर उनको शिर काटिएछ । तसर्थ उनी यही स्थानमा राखिएछन र आकाश भैरवका रूपमा पुजिन लागेछन ।

Known as the Akash Bhairav, the Bhairav Temple at Bhaktapur was built by King Jagajyorti Malla in the courtyard of the Nyatapola Temple and then rebuilt to three stories in 1661 AD by King Bhupatindra Malla. It is an extremely important temple from the context of the development of Nepali art and architecture.

Two legendary stories regarding the establishment of the temple are also quite popular around Bhaktapur. The first states how King could not survive the night with the queen of Bhaktapur, until a man from the Suryavamsi family married the queen and stayed awake the entire night, subsequently slaying the serpent that emerged from the queen's stomach. It is said that the same king introduced the chariot jatra of Bhadrakali in Bhaktapur. The other legend tells how the Bhairav of Kashi, who used to visit Bhaktapur in order to watch the jatra of Bhadrakali, was recognized by the King. When the deity refused the King's request for him to stay in Bhaktapur, the King, using his magical powers, sealed every route to India, and when the Bhairav tried to escape from under the ground his head was cut off. Thus the Bhairav of Bhaktapur was established, and as he was without a body, he was named Akash Bhairav.