Photos: Batuk Bhairab, Lagankhel बटुक भैरब लगनखेल

ललितपुरको लगनखेलमा रहेका बटुक भैरवलाई त्यहाँका अर्का देवता मीननाथका कुलदेवता पनि मानिएको छ । बटुक भैरव मन्दिर एक तलाको धातुको छानायुक्त छ । किंवदन्ती अनुसार, लिच्छविराजा अंशु वर्माले प्रयागको भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए । यस मन्दिरमा भैरवको मूर्ति राखिएको देखिंदैन । यसका बदलामा एउटा प्रस्तरलाई बटुक भैरवका रूपमा पूजाआजा गर्ने गरिन्छ । मन्दिरको गर्भगृहमा गणेश, कुमार र कुमारीका मूर्ति पनि छन् । यो मन्दिर वि.सं. १९९१ सालमा जुद्धशमशेरले जीर्णोद्धार गराएका थिए । मन्दिरछेउ दुई वटा पाटी पनि निर्माण गरिएका छन् । यस मन्दिरमा रहेका विभिन्न वस्तुहरू विभिन्न समयमा विभिन्न भक्तहरूले चढाएका हुन् । मन्दिर क्षेत्रमा बिहीबारका दिन श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । यस मन्दिरका लागि गुठीको पनि व्यवस्था गरिएको छ ।
बटुक भैरव काठमाडौं उपत्यकामा पुजिने अष्ट भैरवमध्येका एक हुन् । यिनलाई शिवजीको उग्र रूप मानिन्छ । एक पटक ब्रह्मा, विष्णु र महेश्वरबीच को ठूलो भन्ने विवाद परेछ । सबैले आप्mनो महानता दर्शाएकाले शिवजीले पनि आपूmलाई ठूलो देखाउन भैरवको रूप लिएको मानिन्छ । यसै गरी, ब्रह्माले आपूm सृष्टिकर्ता भएको भन्दै आफू नै ठूलो हुने दावा गर्दा शिवजीले ब्रह्माका पाँच वटा टाउकामध्येको एउटा काटिदिएको धार्मिक मत छ । भैरवहरू तान्त्रिक देवता मानिन्छन् । उनीहरू भैरवीसँगै पुजिने हुनाले शक्तिपीठहरूमा भैरवको पनि स्थापना गरिएको हुन्छ । लगनखेलको बटुक भैरवको स्थापना पनि तान्त्रिक विधिबाटै गरिएको मानिन्छ । यिनको पूजा भैरवीसाथ हुने गरेको छ ।

The beautiful temple of Batuk Bhairav -- a tantric deity, and one of the Asta Bhairavs of the Kathmandu Valley -- is situated in Lalitpur. It is said that the temple was first built by the Lichchhavi king, Amsuvarma. The object of worship is a simple rock, but idols of Kumar, Ganesh, and Kumari are also present here. The temple was renovated in 1934 AD by Juddhashamsher Rana and is a fine exhibit of craftsmanship and architecture.

The Batuk Bhairav is considered to be the terrifying form of Lord Shiva. It is said that when the trinity of Brahma, Vishnu, and Maheshwor argued among themselves as to who was greater, the latter took on the form of Bhairav so as to prove himself the greatest among the three.