Photos: Batuk Bhairab, Chisapani बटुक भैरब चिसापानी

मकवानपुर जिल्लाको चिसापानी क्षेत्र सदरमुकाम हेटौडाबाट करिब २९ किलोमिटर उत्तर पर्दछ । चिसापानीगढी प्राचीन कालदेखि नै काठमाडौं उपत्यकाबाट मकवानपुर र भारततिर जाने नाकाका रूपमा रहेको थियो । त्यति बेला यहाँ भन्सार कार्यालय र किल्लाको विकास गरिएको थियो । लिच्छविकालदेखि यहाँ मठमन्दिरहरू निर्माण हुन लागेका हुन् । यहाँ रहेको बटुक भैरवको मन्दिरको पनि ऐतिहासिक महइभ्व छ । यहाँका बटुक भैरवको स्थापनाकाल स्पष्ट हुन सकेको छैन । लिच्छविकालतिरै यसको स्थापना भएको हुन सक्ने अनुमान छ । मन्दिरको वर्तमान स्वरूप भने त्यसभन्दा पछिको हो ।
भैरवलाई शिवजीको उग्र रूप मानिन्छ । बटुक भैरव उन्मत्त र डरलाग्दो भएकाले महिलाहरूले दर्शन गर्नु हुँदैन भन्ने मान्यता अनुसार यस मन्दिरमा महिलालाई प्रवेश निषेध छ । बटुक भैरव किल्लाको रक्षाका लागि स्थापना गरिएका देवता मानिन्छन् । बटुक भैरवको मूर्तिका मुण्डमाला, दण्ड र छत्रावली धातुबाट निर्मित हुन् । यी आकर्षक छन् । राजा पृथ्वीनारायण शाहले यो मन्दिरमा पूजा गर्ने गरेको थिए । उनले मन्दिर परिसरभित्र तोप आदिसमेत राख्ने गरेका थिए । उनको पालाको कालीतोपलाई अहिले पनि यहाँ शक्तिका रूपमा पूजा गरिन्छ ।
सुरुमा मकवानपुरको सदरमुकाम यहीं थियो, जसले गर्दा बटुक भैरव मन्दिरमा पूजा गर्ने उपासक र दर्शनार्थीहरूको ठूलो भीड लाग्दथ्यो । पछि सदरमुकाम हेटौडा सरेर बस्ती विस्तार पनि उतै हुन थालेपछि श्रद्धालुहरू केही कम देखिन थालेका छन् । तर बटुक भैरवको ख्याति कम भएको छैन । विशेष गरी बडादशैं र चैतेदशैंको समयमायहाँ ठूलो मेला लाग्ने गर्दछ ।
चिसापानी क्षेत्रमा कालीतोपजस्ता सामरिक र पुरातात्विक महत्वका अन्य धेरै वस्तुहरूको अवलोकन गर्न सकिन्छ ।
 

Batuk Bhairav is an ancient temple whose date of establishment is unknown, although the present structure itself was built at a later date. It is situated at the site of the fort built to protect the Southern flank of the Kathmandu Valley in Chisapani, on the old foot-trail linking Kathmandu to India.

The idol, including the accoutrements, is built entirely of metal and is finely crafted. It wears garland of human skeletons and carries a stick and umbrella; its features are wrathful and, as such, it is believed that women should not be allowed to look upon it.

Chisapani was the original headquarters of Makwanpur District and Batuk Bhairav was a very popular deity there. However, even after the transfer of the district headquarters to Hetauda and the ensuing mass migration, the deity does not seem to have lost any of his popularity and crowds still throng to visit the temple, especially during the festivals of Navaratra and Chaite Dashain.