प्रसिद्ध बाघ भैरवको मन्दिर काठमाडौं उपत्यकाको पश्चिमतिर कीर्तिपुर डाँडामा छ । प्राचीन कालतिर बनेको यस मन्दिरमा बाघ भैरवको पूजाआजा हुने गर्दछ । मन्दिर नेपाली तले शैलीको छ । मन्दिरका भित्तामा मध्यकालिक भित्तेचित्रहरू देख्न सकिन्छ । बाघ भैरवको उत्पत्तिका सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, परापूर्वकालमा कीर्तिपुर भेगमा गोठालाहरू भेडा चराउन जाँदा रहेछन् । एक पटक तिनले भेडा चराउँदै खेल्ने क्रममा माटो मुछेर बाघको एउटा मूर्ति बनाएछन् । त्यसको जिब्रो बनाउनका लागि उपयुक्त पात खोज्न उनीहरू केही पर झाडीतिर गएछन् । तिनले बिरुवाको पात खोजेर ल्याएपछि आप्mना भेडा चाहिं देखेनछन् । तिनले आफूले बनाएको माटाको बाघको मुखमा रगत लागेको देखेछन् । पछि त्यस बाघले मानिसहरूलाई समेत दुःख दिनेसम्मको उत्पात मच्चाउन थालेछ ।
त्यस घटनाका बारेमा तान्त्रिकलाई सोध्दा तिनले त्यस बाघमा भैरव प्रवेश गरेकाले त्यस्तो तहल्का मच्चाएको बताएछन् । उनले भैरवको विधिपूर्वक पूजाआजा गर्दा बाघको उत्पात साम्य हुने उपाय पनि सुझाएछन् । त्यसपछि तिनै तान्त्रिकले भैरवको पूजाआजा गरेछन् र बाघको उत्पात कम भएछ । त्यसपछि तत् स्थानमै बाघ भैरवको मन्दिर पनि बनाइएछ । बाघ भैरवस्थानमा अन्य देवीदेवताहरूका मूर्ति र मन्दिरहरू पनि छन् । मन्दिर क्षेत्रमा विभिन्न समयका भाँडाकुँडासमेत राखिएका छन् । यस स्थानमा प्रत्येक वर्ष भदौ १ गते मेला लाग्ने गर्दछ । त्यति बेला जात्रा र उत्सवसमेत गरिन्छ ।

The temple of Bagh Bhairav is situated on the top of the hill in Kirtipur. It is a well-ornamented Nepalese style structure with multiple roofs and is famous for the medieval frescoes on its walls.

According to legend, the temple was established after a local tantric prayed to Bhairav on behalf of a group of shepherds who had to suffer much due to the presence of a tiger in the area.

The temple houses the idol of Bhairav along with those of different gods and goddesses. It is also home to a large collection of pots.

A fair, along with a jatra and an utsav, is organized here on the first day of the month of Bhadra.