Photos: Ananda Bhairab अानन्द भैरब ज्ञानेश्वर

काठमाडौंको ज्ञानेश्वरमा प्रसिद्ध ज्ञानेश्वर महादेवको शिवलिंग र आनन्द भैरवको मूर्ति एउटै मन्दिर परिसरमा राखिएका छन् । भैरव शिवजीको उग्र रूप हो । ज्ञानेश्वर महादेव तथा यहाँका भैरवका बारेमा हिमवत्खण्ड पुराणमा समेत नामोल्लेख र महिमागान गरिएको पाइन्छ । बिरामी बालबालिकालाई सँगै रहेको ज्ञानधारामा स्नान गराई ज्ञानेश्वर र आनन्द भैरवको दर्शन गराएमा रोग निको हुने जनविश्वास छ । यसै गरी, सन्तान उत्पादनको कामनाका साथ कुनै स्त्रीले यिनको पूजाआजा गरेमा सन्तानप्राप्ति हुने विश्वास पनि छ ।
ज्ञानेश्वर महादेव र आनन्द भैरवका सम्बन्धमा प्रचलित एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा यहाँबाट दिनमा एक किलोजति सुन निस्कने गर्दथ्यो ।
भैरवलाई जुन वस्तु छुवाए पनि त्यो सुन बन्दथ्यो । ज्ञानेश्वर महादेवमा कुनै बेला एउटा मणि थियो । तर कुनै व्यक्तिले चोर्ने प्रयास गर्दा त्यो मणि अलप भयो । अर्को किंवदन्ती अनुसार, कुनै समयमा दाउरा बेचेर जीविकोपार्जन गर्ने एउटा व्यक्ति एक पटक रातको समयमा यही मन्दिरमा बास बसेछ । त्यस रात उसले यहाँको शिवलिंगबाट सुन निकाल्न बन्चराले फोर्ने प्रयास गरेछ । शिवलिंग चोइटिएछ, तर त्यहाँबाट सुन आउन बन्द भएछ ।
त्यस्तै अर्को किंवदन्ती अनुसार, कुनै समयमा एक जना बाबा पन्जाबबाट यस मन्दिरमा आएर बास बसेछन् । एक जना निःसन्तान स्थानीय बासिन्दाले ती बाबासँग सन्तानप्राप्तिको वर मागेछन् । बाबाले ‘ज्ञानेश्वर बाबाको मन्दिर निर्माण गर्नू, सन्तान प्राप्त हुनेछन्’ भनेछन् । त्यसैका आधारमा ती व्यक्तिले ज्ञानेश्वरको मन्दिर निर्माण गराएछन् । उनका सन्तान पनि जन्मिएछन् ।
यसरी लोकोक्ति र किंवदन्तीहरूले आनन्द भैरवलाई साक्षात् देवताका रूपमा प्रस्तुत गरेका छन् ।
 

 

The temple of Ananda Bhairav at Gyaneshwor houses both a Shivalinga and an idol of Ananda Bhairav. It is believed that the deity, Gyaneshwor, is capable of curing the diseases of children and sick children are often brought to the temple, where they are bathed at the fountain, Gyan Dhara. It is also believed that a blessing from the deity makes children less restless and more amenable and studious. Ananda Bhairav is also sometimes worshipped as the god of fertility.

According to legend, in ancient time, a kilo of gold used to spring up everyday at the temple and all metals that touched the idol too turned into gold. Many different stories are told about how the greed of some individuals caused the miracles to stop.