Photos: Akash Bhairab अाकाश भैरव इन्द्रचाेक

आकाश भैरवको मन्दिर काठमाडौंको इन्द्रचोकमा छ । सामान्यतया शरीरको तल्लो भाग नभएका र टाउको मात्र रहेका भैरवलाई आकाश भैरव भनिन्छ । आकाश भैरवका रूपमा पुजिने भैरवका टाउकाहरू उपत्यकाका विभिन्न भागहरूमा पाइने भए पनि इन्द्रचोकको भैरवको ख्याति आकाश भैरवका रूपमा रहेको पाइन्छ । विशेष गरी इन्द्रजात्राका अवसरमा आकाश भैरवको प्रदर्शनी इन्द्रचोकमा गर्ने चलन छ । हातखुट्टा र शरीर नभएका आकाश भैरव टाउकाका रूपमा देशदेशान्तर घुमेर देश र जनताको रक्षा गर्दछन् भन्ने जनविश्वास छ । आकाश भैरवको स्थापनाका सम्बन्धमा महाभारतको कथाप्रसंग पनि जोड्ने गरिएको छ । त्यस अनुसार, यहाँका आकाश भैरव महाभारतको बर्बरताका प्रतीक मानिन्छन् । आकाश भैरवलाई नेपालका किराँतराजा यलम्बरको शिर पनि भन्ने गरिन्छ । वंशावलीहरूका अनुसार, महाभारतको युद्ध हेरिरहेका यलम्बरले जुन पक्षले युद्धमा हार्दछ, त्यही पक्षलाई आपूmले सघाउने सोचिरहेका रहेछन् । यता हार्ने पक्ष कौरवहरूलाई यिनले सहयोग गर्ने स्थिति थियो । यलम्बरले कौरव पक्षलाई साथ दिंदा पाण्डवहरूले जित्न नसक्ने अवस्था थियो । यलम्बरको सोच थाहा पाएका भगवान् श्रीकृष्णले उनलाई टाउकाबाट युद्ध हेर्न सक्ने वरदान दिएछन् । यिनै यलम्बरको टाउको नै आकाश भैरव हो भन्ने विवरण वंशावलीहरूमा पाइन्छ ।

Effigies of Bhairav crafted without the body are known as Akash Bhairavs, and although there are many Akash Bhairav temples in the Kathmandu Valley, the temple at Indrachowk is considered the most important. The Akash Bhairav of Indrachowk is beleieved to be a part of the Biswanath of Kashi. According to legend, the Bhairav had come to Bhaktapur to see the Bisket Jatra and had been recognized by the people, who had requested him to stay in the Valley. Another legend states that the effigy is the head of the Kirat King, Yalamber, who, after being beheaded by Lord Krishna during the Mahabharat war, requested that he be allowed to watch the battle, and was allowed to do so by Krishna. The Bhairav is demonstrated along with other Bhiarabs in Indrachowk during the occasion of Indrajatra.