Recent Update

सरस्वती, दुर्गा र लक्ष्मी

तितो तर सत्य । 

सरस्वती, दुर्गा र लक्ष्मी । भगवानका तीन शक्ति । ज्ञान बुद्धि र बिबेकदात्री सरस्वती, शक्ति र पददात्री दुर्गा र धन ऐश्वर्य र बैभवदात्री लक्ष्मी । 

मानव जीवनमा एकअर्का बिना ती तीनको महत्व कम छ । ज्ञान बिनाको शक्ति र धन ब्यर्थ हो भने, शक्ति र पद बिनाको धन र ज्ञानको पनि कुनै अर्थ छैन । साथै धन बिनाको ज्ञान र पद पनि यत्ति धेरै प्रभावकारी मानिन्न । तैपनि मानिस किन ज्ञान र शक्तिको भन्दा धनको बढि चाह राख्छ ? 

सामाजमा सरस्वतीको पुजा गर्ने दिन वसन्त पञ्चमीमा खासै चहलपहल देखिन्न, दुर्गापुजामा जति चहलपहल देखिन्छ त्यो भन्दा हजारौं गुणा बढि चहलपहल लक्ष्मीपुजामा देखिन्छ । 

याद गरौं धन र पदले बाँचुन्जेल मात्रै साथ दिन्छ, ज्ञानले मरेपछि पनि ।