Lying at the confluence of the Ruru and Kaligandaki rivers, where the districts of Palpa, Gulmi, and Syanja intersect, Ridi, also known as Rurukshetra, has been described in the Hiamavatkhanda and Varaha Puranas as a sacred place. Shaligrams, which are worshipped as the manifestation of Lord Vishnu, are found here in great abundance, and it is an idol of Rishikesha made completely of shaligrams that is the chief object of worship here. It was found in the waters of the Kaligandaki by King Mukunda Sen, who subsequently built a temple to house the idol. The temple itself was rebuilt in 1762 AD by Ranadutta Pandey. With numerous temples of other gods and goddesses present, Ridi is an important place of pilgrimge, particularly for those that wish to perform Pitri Tarpana in the Kaligandaki river, and thousands of devotees visit the site every year, especially during the festivals of Kartika Purnima and Makar Sankranti.
रिडीक्षेत्र पाल्पा जिल्लाको दक्षिण पश्चिमी भागमा पर्दछ । यस स्थानमा पश्चिमबाट पूर्वतर्फ बग्ने रिडी खोला र उत्तरबाट दक्षिण बग्ने कालीगण्डकी नदी आपसमा मिसिएका छन् । रिडीक्षेत्र पाल्पा, गुल्मी र स्याङ्जाको बीचभागमा पाल्पा जिल्लातर्फ पर्दछ । यही कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी या रुरुक्षेत्रका नामले प्रसिद्ध छ । रिडी या रुरुक्षेत्रको महिमागान हिमवत्खण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरूप मानिने शालिग्राम पाइने हुनाले रुरुक्षेत्रको विशेष महइभ्व रहेको हो । रिडीमा ऋषिकेश विष्णुका साथै अन्य देवीदेवताका मठमन्दिर र मूर्तिहरू छन् । यीमध्ये शालिग्राम प्रस्तरबाट निर्मित ऋषिकेश विष्णुको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । पाल्पाली राजा मुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा उक्त मूर्ति पानीमा भेट्टाएर त्यहाँ प्रतिष्ठापन गराएको उल्लेख पाइन्छ । ऋषिकेशको मन्दिरलाई वि.सं. १८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका थिए । यहाँ राधाकृष्ण, विष्णु, राम, हनुमान् लगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरूसमेत छन् । रुरुक्षेत्रमा शिवलिंग र शिवालयहरू पनि प्रशस्तै छन् । स्नान, व्रत, उत्सव, देवपूजन, पुराणश्रवण र पितृतर्पणका लागि रुरुक्षेत्रमा बर्सेनि हजारौं श्रद्धालु आउने गर्दछन् । रिडीक्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु पनि उक्त श्राप काट्न शालिग्रामका रूपमा यहाँ बसेका हुन् । त्यसै गरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरुकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । सोही कथा अनुसार नै रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ