खप्तडमा डोटी, अछाम, बाजुरा र बझाङ चार वटा जिल्लाको निश्चित भूभाग समेटिएको छ । यी जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्रफल समेटेर खप्तड राष्ट्रिय निकुञ्ज निर्माण गरिएको छ । खप्तडस्थान १०,५०० सय फिटको उचाइमा छ । अग्लाअग्ला डाँडाबीच रहेको खप्तडक्षेत्र प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । खप्तड क्षेत्रमा २२ वटा दह छन्; विभिन्न चुचुरा छन् । यहाँ १९२ प्रजातिका पूmल र २७० प्रजातिका चराचुरुंगीसमेत पाइन्छन् । साथै यो क्षेत्रमा रहेका पाटनहरू तथा जेठ महिनातिर फुल्ने बुकीपूmलले यसको महत्व अझ बढाएका छन् ।
खप्तडक्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । खप्तडबाबाको तपोभूमि यही क्षेत्र थियो । वि.सं. २०१५ सालतिर खप्तडबाबाले आश्रम बनाएपछि यस क्षेत्रको ख्याति बढ्न गएको हो । उनको आश्रम भने त्रिवेणीमा थियो । खप्तडका प्रमुख आकर्षणहरूमा खप्तडबाबाको आश्रम, सहस्रलिंगम् मन्दिर, नागढुड्गा, त्रिवेणी तथा खप्तड वा खापर दह हुन् । खप्तडक्षेत्रमा सुर्मा काली, बढीमालिका र अन्य मन्दिरहरू पनि छन् । यहाँ पुराना मठमन्दिरका भग्नावशेषहरू पनि प्रशस्तै पाइन्छन् । खप्तड स्वामीले यहाँ साधना गरेपछि यसको सांस्कृतिक र धार्मिक महत्वको ज्यादा प्रचार–प्रसार भएको हो ।

The Khaptad region includes portions of the districts of Achham, Doti, Bajura, and Bajhang, and is the site of the Khaptad National Park, which covers an area of 225 square kilometres. It is situated at an altitude of 10500 feet and is famed for its natural beauty.

The Khaptad region is also famous for being the place where the great yogi Khaptad Baba lived and meditated. He lived in the region from 1958 AD until his death. His hermitage is located in Triveni, the site of many famous temples -- such as the Surma Kali and Badi Malika -- and archaeological remains of older temples.

Today the Khaptad region is not only a tourist destination but also an important place of pilgrimage, and its chief religious attractions are the hermitage of Khaptad Baba, Sahasralingam Mandir, Nag Dhunga, Triveni, and the Khaptad Lake.