जनकपुर अञ्चलको धनुषा जिल्लामा प्रसिद्ध जनकपुर धाम पर्दछ । हिन्दूहरूको महाकाव्य रामायणकी पात्र तथा रामअवतार विष्णुकी शक्ति सीताको जन्मस्थलका रूपमा जनकपुर धाम प्रख्यात छ । मिथिला, विदेह र तिरभुक्तिका नामले समेत परिचित उक्त स्थानमा जनकवंशी राजाहरूले शासन गरेको हुनाले जनकपुर भनिएको हो । जनककी पुत्रीका रूपमा सीतालाई जानकीका नामले पनि जान्ने गरिन्छ । तसर्थ हाल जनकपुर जानकी मन्दिर तथा जानकीको जन्मस्थलका रूपमा प्रख्यात छ । विभिन्न पौराणिक ग्रन्थहरूमा पाइने विवरण अनुसार, सीरध्वज जनकले जानकीलाई खेत जोत्दा जमिनमुनि भेट्टाएका थिए । पछि उनको विवाह विष्णुका अवतार मानिने अयोध्याका राजकुमार रामसँग भएपछि यस स्थानको महत्व बढ्न गएको बताइन्छ । याज्ञवल्क्य, गार्गी र मैत्रेयीजस्ता विद्वान् तथा विदुषीहरू यहीं जन्मिएका थिए । पछिल्लो कालमा पनि मैथिली भाषा र संस्कृतिको केन्द्रका रूपमा जनकपुर धाम सुपरिचित रहँदै आएको छ ।
जनकपुरमा धेरै पहिलेदेखि विभिन्न मठमन्दिरहरू अस्तित्वमा थिए । तर वर्तमानको जानकी मन्दिरको स्वरूप भने वि.सं. १९६७ साल (सन् १९११) को हो, जुन भारतको टिकमगढकी महारानी वृषभानु कुमारीले सन्तानप्राप्तिको मनसायले बनाउन लगाएकी थिइन् । यो मन्दिर निर्माणमा ९ लाख रुपैयाँ खर्च भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । करिब ४,८६० वर्गफिट क्षेत्रफलमा फैलिएको यो मन्दिर ५० फिट अग्लो छ । हिन्दू र मुस्लिम कलालाई विशेष प्रकारले सम्मिश्रण गरी निर्माण गरिएको यस मन्दिरलाई वि.सं. १९९० सालको भूकम्पले सामान्य रूपमा क्षति गरेको थियो । जनकपुर धाममा जानकी मन्दिरका साथै जनक, राम, उदयेश्वर, महादेव, लक्ष्मण, प्राणेश्वर, धनुषा धाम, कुपेश्वर र हनुमान् लगायतका मठमन्दिरहरू छन् । प्राचीन पोखरीहरू गंगा सागर, धनुष सागर आदि पनि यस भेगमा प्रशस्तै छन् । राम मन्दिरसँगै राजा जनककी कुलदेवी राज देवीको मन्दिर छ, जहाँ कालरात्रिमा सयौंको संख्यामा पशुबलि दिने गरिन्छ । यी सबै वस्तुको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व निकै ज्यादा छ । यहाँ सालैभर हिन्दू तीर्थयात्रीहरूको भीड भइरहन्छ । तीर्थयात्रीहरू भजन, कीर्तन, पूजाआजा र भ्रमणमा रमाउने गर्दछन् । विवाहपञ्चमी र रामनवमीका अवसरमा यहाँ नेपालभित्रै र भारतबाट हजारौं तीर्थयात्रीहरू पुग्ने गर्दछन् । समुद्रपारका पर्यटकहरूको भीडसमेत लाग्ने गर्दछ । यहाँ साउन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन झुलन मेला लाग्दछ । यहाँ सालैभर विभिन्न उत्सव मनाइन्छन् । पञ्चकोशी परिक्रमाका अवसरमा पनि श्रद्धालुहरूको ठूलो घुइँचो लाग्दछ ।
 

Janakpur Dham, situated in Dhanusha District of the Janakpur Zone, is famous as the birth place of Sita -- the wife of Lord Rama, an incarnation of Lord Vishnu and the protagonist of the Ramayana. Sita, also known as Janaki, was the daughter of King Janaka, who is said to have found her as an infant while he was ploughing a field. During the ancient period, Janakpur was the centre of culture and education, and it was here that the Maithili language and culture developed and flourished. Thus, as a place of much religious and cultural significance, Janakpur is home to many temples and dharmashalas, the most significant of all which is the Janaki Temple, built by Queen Brisha Bhanu Kumari of Tikamghadh, India, who is said to have constructed it so as to have her desire to have children fulfilled. As it is believed that nine lakh rupees were spent in the reconstruction of the temple, the Janaki Temple is also known as Naulakha Temple. The fifty feet tall temple covers an area of 4,860 square feet and is a unique construction that displays elements of both Hindu and Muslim architectural traditions.

The temple suffered minor structural damage during the earthquake of 1933 AD, the temple was built in 1911 AD. Along with the Janaki Temple, other historical sites of worship in Janakpur are the temples of Janak, Ram, Udayeshwor, Mahadev, Laxman, Praneshwor, Dhanusha Dham, Kupeshwor, and Hanuman. Also, lying next to the temple of Ram, is the temple of Raj Devi -- the clan deity of King Janak -- where animals are sacrificed in the thousands every year.

Janakpur Dham is an important place of pilgrimage; as such, it is filled with devotees and tourists the year round, especially during the festivals of Bibaha Panchami and Ramnavami, and also during the fifteen day long Jhulana Mela.