Photos: Gorkhnath, Gorakhkali and Gorakha गाेरखा गाेरखकाली र गाेर्खा दरवार

गोरखाको सदरमुकाम गोरखा बजारदेखि केही माथि डाँडामा गोरखा दरबार, गोरखनाथ गुफा र गोरखकालीका मन्दिरहरू छन् । गोरखकालीको मन्दिर गोरखा दरबारको प्रांगणमै छ भने गोरखनाथ गुफा त्यसको पूर्वतिर पर्दछ । मध्यकालतिर गोरखा राज्यमा पृथ्वीनारायण शाहका पुर्खाले शासन गर्दथे । राजधानी गोरखा थियो । पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण गरिएपछि राजधानी काठमाडौं उपत्यकामा सारियो र गोरखा दरबार क्षेत्र पुराताइिभ्वक महत्वको क्षेत्रका रूपमा स्थापित हुन पुग्यो । पृथ्वी नारायण शाहको जन्म यहि दरबारमा भएको हो ।
गोरखनाथ नाथ सम्प्रदायका सिद्ध पुरुष मत्स्येन्द्रनाथका चेला मानिन्छन् । मत्स्येन्द्रनाथको समय इसाको सातौं शताब्दीतिर मानिन्छ । उनका चेला गोरखनाथको समय पनि त्यसैको हाराहारी मान्ने गरिन्छ । यता किंवदन्तीमा भने गोरखनाथको समय इसाको बाह«ौं शताब्दीसम्म मान्ने चलन छ । उपत्यकामा मध्यकालिक मल्लराजाहरूले र गोरखाका शाह शासकहरूले गोरखनाथलाई सिद्धिप्राप्त व्यक्तिका रूपमा पूजाआजा गर्ने गरेको
पाइन्छ । गोरखा, गोरखकाली, गोरखा दरबार र गोरखनाथ सबै नाम यिनीसँगै जोडिएका छन् ।
स्थानीय किंवदन्ती अनुसार, द्रव्य शाहले गोरखा राज्यको स्थापना गर्नुभन्दा पहिले गोरखनाथ हालको गोरखा दरबारनजिक गुफामा बस्तथे । यही विश्वास अनुसार गोरखनाथ गुफामा गोरखनाथको पूजाआजा गर्ने चलन गोरखा राज्यमा चल्यो । हालसम्म पनि यस गुफामा पीठोको रोट चढाएर गोरखनाथको पूजाआजा गरिन्छ । पृथ्वीनारायण शाहसम्बन्धी एउटा किंवदन्तीमा उनलाई गोरखनाथले जुठो दही खान दिएको उल्लेख पाइन्छ । गोरखा दरबार प्रांगणमै गोरखाकी इष्टदेवी गोरखकालीको मन्दिर छ । यो मन्दिरको स्थापना राम शाहले गराएका हुन् । गोरखकालीको चतुर्भुज मूर्ति पनि राम शाहले नै स्थापना गराएका हुन् । मन्दिर तले शैलीमा निर्मित छ । गोरखाको इतिहासमा गोरखकालीलाई साक्षात् देवीका रूपमा लिने गरिन्छ ।

The temple of Gorakhkali is located in the courtyard of the royal palace of the Shah Kings in Gorkha. Also, in the vicinity lies the Gorakhnath Cave. The temple was built by King Ram Shah and is constructed in the

Nepalese style, with a multi-tiered roof. A four-armed stone idol of the Goddess Kali, who was considered to be the patron deity of the royal family, is housed in the foremost room of the temple. According to local legend, about the time Dravya Shah established the Gorkha Kingdom, Gorakhnath used to live in a cave close to the palace where the founder of modern Nepal, King Pritihivi Narayan Shah, was born.