गोदावरी ललितपुरको लगनखेलदेखि ९ किलोमिटर पूर्वमा पर्दछ । उपत्यकाको दक्षिणी पहाडको फेदीमा पर्ने यो स्थान प्राचीन कालदेखि नै निकै प्रख्यात थियो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले समेत गोदावरीको विशेष महत्व छ । यस स्थानलाई प्राचीन कालदेखि नै तीर्थका रूपमा लिने गरिन्थ्यो ।
गोदावरीमा एउटा पुरानो कुण्ड छ । उक्त स्थानको स्नानलाई ठूलो पुण्यदायी मानिन्छ । गोसाईंकुण्डको पानी यस कुण्डमा आउँछ भन्ने धार्मिक विश्वास छ । तसर्थ गोसाईंकुण्डसम्म जान नसक्ने मानिसहरू यस स्थानमा आएर स्नान गरे गोसाईंकुण्डमा स्नान गरेको फल मिल्दछ भन्ने धार्मिक मान्यता छ । गोदावरी कुण्डको महिमाका सम्बन्धमा एक किंवदन्ती पाइन्छ, जस अनुसार उक्त कुण्ड किराँतकालदेखि नै स्नानका लागि प्रख्यात थियो । किराँतराजालाई परास्त गरी उपत्यकामा शासन गर्ने चन्द्रवंशी प्रथम राजा निमिषले यस स्थानमा नियमित रूपमा स्नान गर्ने गरे । उनको समयमा दक्षिण गोदावरीमा बस्ने एक जना सिद्धको झोली–तुम्बा बाढीले बगाएर लगेछ । त्यसलाई पछि यसै कुण्डमा तैरिएको अवस्थामा फेला पारिएछ । अनि यसको महत्व स्पष्ट भएको भनाइ पाइन्छ । गोदावरी भेगमा प्रत्येक १२ वर्षमा ठूलो मेला लाग्दछ । बृहस्पति सिंह राशिमा पुगेको समयमा लाग्ने उक्त मेलाका अवसरमा उक्त कुण्डमा स्नान गर्नु पुण्यदायी मानिन्छ । मेला भदौ महिनाभर एक महिनाका लागि लगाउने चलन छ । गोदावरीमै पूmलचोकी माईको मन्दिर तथा नौधारा पनि छन् । मुख्य मन्दिर माथि डाँडामा रहे पनि फेदीमा रहेको माईको मन्दिरमा पनि पूजाआजा गर्ने गरिन्छ ।
 

Lying twenty kilometres South-East of the city of Kathmandu, Phulchoki, with its peak standing at an altitude of 2758 metres, is the highest hill surrounding the Kathmandu Valley. The hill is named after the goddess Phulchoki and it is her temple at the peak, along with the Buddhist monastery and the temple of Astamatrika, that gives it its religious significance. The temple of Phulchoki is a fine Nepalese style construction ornamented with traditional artefacts and carvings, and it attracts many visitors throughout the year, particularly during the annual festival.

At the bottom of the hill, tentative nine kilometres East of Lagankhel, lies Godawari, which has been popular as a holy site since ancient times. Pilgrims come here to bathe in the sacred pond. The water in the pond is believed to come from the holy lake, Gosaikunda, and it is said that a bath here is as beneficial spiritually as a bath in Gosaikunda.

According to a legend, the pond has been popular since the days of the Kirat era. The same legend states that the first king of the Chandra dynasty took a bath in it after his victory over the last Kirat king. Another legend tells how a sage lost his bag and begging bowl in a flooded river only to find the same floating on the water of the pond.

A grand fair is organized at Godawari every twelve years. The fair lasts for a month and is attended by a large number of people from all over the country.