Lying near the confluence of the Koshi and the Koka rivers, Baraha Kshetra is a sacred complex that is mentioned, among others, in the Brahma Purana, the Baraha Purana, the Skanda Purana, the Shrimadbhagabad Purana, and the Mahabharata. The complex consists of the main temple of Barahavishnu along with dozens of other temples, hundreds of idols of different deities, and a few dharmashalas. According to legend, Lord Vishnu could not get relief from the quantity of Rudrateja that he had consumed so as to kill Hiranaksha and free the earth from the demon, and it was only after bathing at the confluence of the Koshi and Koka rivers that he was able to regain his normal form. After the bath he is said to have settled in the area forever.
Also, according to Pauranic legend, Lord Vishnu offered tarpana to the Pitris and sent them to Pitriloka from the bank of the Koka river. Accordingly, Kokakhola, Kokamukha, and Bishupaduka ofthe Baraha Kshetra region are considered to be the best places to offer tarpana to the Pitris. Kartika Purnima, Makarasamkranti, Vyasa Purnima, and Thuli Ekadashi are the occasions of the major festivals at Baraha Kshetra; and Surya Kunda, Chandra Kunda, Kubjamra, Dhanuvata, Vishnupaduka, Badarikashram, and Lohargala are its main Upatirthas.
सुनसरी जिल्ला वराहक्षेत्र गा.वि.स.–१ मा सप्तकोशी र कोका खोलाको संगमस्थलमा प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र पर्दछ । वराहस्वरूप विष्णुको वासस्थानका रूपमा वराहक्षेत्रलाई हिन्दूहरूका ब्रह्मपुराण, हिमवत्खण्ड पुराण, वराहपुराण, पद्मपुराण, श्रीमद्भागवतपुराण र अन्य पुराणहरूले चर्चा गरेका छन् । वराहक्षेत्रमा वराहविष्णुको मूल मन्दिरका साथै इन्द्र वराह, गुरु वराह, लक्ष्मी, पाञ्चायन, नागेश्वर, सूर्य वराह, कोका वराह र अन्य देवीदेवताका मन्दिरहरू, सयौं मूर्तिहरू र दर्जनौं धर्मशालाहरू छन् ।
वराहक्षेत्रको महइभ्व वराहविष्णुको पूजा, भजन, कीर्तन, उपासना र अन्य गतिविधिहरूसँग गाँसिएको छ । ब्रह्मपुराणमा विष्णुले पितृहरूको तर्पण कोका–कोशी संगमदेखि कोका खोलाका विभिन्न भागहरूमा सम्पन्न गरी उनीहरूलाई पितृलोक पठाएको विवरण पाइने हुनाले कोका–कोशी संगम र कोका खोला पितृ तर्पणका लागि समेत महइभ्वपूर्ण मानिन्छ । विभिन्न धर्मग्रन्थहरूमा वराहक्षेत्रको फैलावट ४८ कोस रहेको
उल्लेख छ । किंवदन्तीहरूमा पाइने विवरण अनुसार, रुद्रतेज लिई पातालबाट विष्णुले हिरण्याक्षलाई वध गरी पृथ्वीको उद्धार गरेपछि पनि उनको रुद्रतेज समाप्त भएनछ । अन्त्यमा घुम्दैफिर्दै कोका–कोशी संगममा आएर स्नान गरेपछि मात्र उनको रुद्रतेज समाप्त भई साबिकको सौम्य तथा रजोगुणको अवस्था प्राप्त भएको रहेछ । त्यसपछि आपूm विष्णुले कोका–कोशी संगममा नित्य रूपमा बस्ने बताएको विवरण पुराणहरूमा पाइने हुनाले वराहक्षेत्रलाई विष्णुको वासस्थानका रूपमा पवित्र तीर्थ मान्ने गरिन्छ ।
वराहक्षेत्रलाई सर्वप्रथम महाभारत महाकाव्यमा कोकामुख तीर्थका रूपमा स्नान गरिने सर्वोत्तम स्थल भनिएको छ । त्यसपछि इसाको पाँचौं शताब्दीको बुधगुप्तको पालाको ताम्रपत्र अभिलेखमा वराहविष्णुलाई हिमवत्खण्डका आद्य भगवान् भनिएको पाइने हुनाले त्यसभन्दा धेरै अगाडिदेखि नै वराहक्षेत्रको ख्याति भारतको ठूलो क्षेत्रसम्म फैलिएको बुज्न सकिन्छ । वराहक्षेत्रमा मेला लाग्ने अवसरहरू माघे संक्रान्ति, कात्तिक पूर्णिमा, व्यास पूर्णिमा, ठूलो एकादशी र अन्य उत्सवहरू हुन् । यहाँ दिनहुँजसो वराहविष्णुको पूजाआजा र अन्य संस्कारगत कार्यहरू गर्ने श्रद्धालुहरूको जमघट भइरहने हुनाले सधैं मेला लागेजस्तो देखिन्छ । वराहक्षेत्रवरपर आदिवराहस्थान, सूर्यकुण्ड, चन्द्रकुण्ड, कुब्जाम्र, कोटिवट, धेनुवट, विष्णुपादुका र लोहार्गल लगायतका करिब तीन दर्जनजति उपतीर्थहरू रहेको उल्लेख विभिन्न पौराणिक ग्रन्थहरूमा पाइन्छ । यसैले वराहक्षेत्रलाई नेपालकै सर्वप्राचीन तीर्थका रूपमा लिने गरिन्छ