काठमाडौंको हनुमान्ढोका दरबार क्षेत्रमा प्रसिद्ध तलेजुको मन्दिर छ । इँटाका १२ वटा सिंढीमाथि रहेको नेपाली तले शैलीको मन्दिर २५ मिटर अग्लो छ । सर्वप्रथम कर्नाटकवंशी राजा हरिसिंह देवकी रानी देवलदेवीले भक्तपुरमा तलेजुको कलश स्थापना गरी मन्दिर बनाएपछि उपत्यकाका अन्य राज्यहरूमा पनि त्यस्तै मन्दिर बनाइएका हुन् । काठमाडौंको तलेजु मन्दिरको वर्तमान स्वरूप भने महेन्द्र मल्लले बनाउन लगाएका हुन् । एउटा किंवदन्ती अनुसार, कान्तिपुरका राजा महेन्द्र मल्ल आप्mना प्रजाहरूले खाना खाएपछि मात्र आपूm खाना खाने गर्दथे । यसका लागि उनी तलेजु मन्दिरको माथ्लो तलामा बसेर कसकसको घरबाट धूवाँ आयो भनी हेर्दथे । कसैको घरबाट धूवाँ आएको नदेखिएमा भारदारहरूलाई तुरुन्तै त्यता पठाएर तथ्य पत्ता लगाउँथे । तर कान्तिपुर सहरमा ठूलठूला घरहरू बन्न लागेपछि सबै घरका छतहरू नदेखिने भयो । त्यसपछि उनले तलेजुको मन्दिरलाई वि.सं. १६२९ मा ठूलो बनाए ।
तुलजाका रूपमा समेत पुजिने कान्तिपुरकी तलेजुका सम्बन्धमा अर्को रोचक किंवदन्ती पनि पाइन्छ । त्यस अनुसार, कान्तिपुरे राजा जयप्रकाश मल्ल तलेजुका भक्त थिए । यसले गर्दा तुलजा पनि एउटी कन्याको रूप धारण गरेर जयप्रकाश मल्लसँग पासा खेल्न आउँथिन् । एक दिन जयप्रकाश मल्लले ती कन्यारूपी देवीप्रति कुदृष्टि राखेछन् । त्यो कुरा थाहा पाई देवी अलप भइछन् । जयप्रकाश मल्लले आप्mनो गल्ती महसुस गरी देवीको स्तुति गर्न थालेछन् । त्यसबाट प्रसन्न भई तलेजुले ‘म आठवर्षे कन्यामा प्रकट हुने गर्छु, तिमीले तिनैको पूजा गर्नू’ भनिछन् । त्यहीँदेखि जयप्रकाश मल्लले जीवित देवीका रूपमा कुमारीको पूजाआजा गर्ने चलन चलाएको मानिन्छ । जीवित कुमारीका लागि बेग्लै कुमारी घर छ । तलेजुका लागि बेग्लै मन्दिर छ ।

The famous Taleju Temple of Kathmandu lies within the Hanumandhoka Royal Palace complex. It is a twenty-five metre high structure that lies on the top of a twelve-stepped platform. The temple was originally founded when Deval Devi of Karnataka brought a Kalasha of Taleju from Simroungadh and established a temple in the premises of the Bhaktapur Royal Palace, after which the kings of Kantipur and Lalitpur also founded temples for the deity. The temple in its present form, however, was constructed by King Mahendra Malla in 1564 AD.

The tradition of worshipping the living goddess, Kumari, also has its roots in the Taleju temple. It is said that the custom was established after King Jayaprakash Malla misbehaved with the Goddess, who used to visit him in the form of a young woman and play dice with him. When the Goddess disappeared Jayaprakash Malla began to pray to her again so as to atone for his misdeed, upon which the Goddess appeared again and instructed him to worship an eight year old girl in whose form she would thenceforth appear.