Photos: Raj Devi, Rajbiraj राजदेवी राजबिराज

 

The Raj Devi Temple is situated in, and lends its name to, Rajbiraj, the head quarters of Saptari District. The temple was built after a man named Butai Chaudhari found some antiquities related to an unknown goddess while digging up the earth for the foundation of his house. Naming the goddess after his ancestors he built a templeinstead of a house on that particular plot.

Constructed in the Gumbaja style, the Raj Devi Temple is very simple in its features. It is popular as a place of pilgrimage during Navaratra and Chaite Dashain. However, as the goddess is of local origin her devotees comprise chiefly of residents of the area, among whom she is extremely popular.

सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा राजदेवीको मन्दिर पर्दछ । यिनै देवीको नामका आधारमा यस स्थानको नाम राजविराज राखिएको मानिन्छ । पहिलेपहिले राज देवीलाई स्थानीय जनजातिकी देवीका रूपमा मात्र लिने गरिन्थ्यो । तर हाल आएर यिनको पूजाआजा सबै वर्ग र समुदायका मानिसहरूले गर्ने गरेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार, स्थानीय बुटाई चौधरी नामका एक व्यक्तिले घर बनाउनका लागि जग खन्दा विभिन्न प्रकारका मूर्ति र अन्य पुरातात्विक वस्तुहरू पाएछन् । पछि उनले त्यस स्थानमा देवीको वास रहेको विश्वास गरी ती वस्तुहरू त्यहीँ राखेर मन्दिर स्थापना गराएछन् । उनको वंशजको नामका आधारमा तिनले यी देवीको नाम राज देवी राखिएको जनविश्वास छ । राज देवी मन्दिरमा प्रस्तरको कलाकारिता देख्न पाइन्छ । यहाँका कलात्मक बिमहरूमा कुँदिएका विभिन्न देवीदेवताका आकृतिलाई पूजाआजा गर्ने चलन आजसम्म पनि छ । राजरानी, राजारानी, रानी, देवी र राज देवीसहित विभिन्न नामहरूले चिनिने यी देवीलाई यस स्थानकी कुनै समयकी देवीका रूपमा पनि लिने गरिन्छ । देवीको मन्दिर भएकाले यहाँ पशुबलिसमेत दिने चलन छ । विशेष गरी बडादशैं र चैतेदशैं तथा अन्य अवसरहरूमा समेत यस स्थानमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ । यस मन्दिर परिसरमा चित्रगुप्तको समेत मन्दिर स्थापित छ ।