Photos: Pathibhara Taplegunj पाथीभरा ताप्लेजुङ

प्रसिद्ध पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको फुङलिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । यो मन्दिर १२,४४६ फिटको उचाइमा एउटा डाँडामाथि अवस्थित छ । यी देवी पाथीमा अन्न भरिएभैंm देखिने एउटा डाँडाको टुप्पामा रहेकी हुनाले यिनको नाम पाथिभरा राखिएको हो । ताप्लेजुङको सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र फेदी हुँदै पैदल ८–९ घण्टामा देवीको मन्दिरस्थलमा पुग्न सकिन्छ । सुकेटारसम्म पुग्नका लागि भने विराटनगर र काठमाडौंबाट हवाईसेवा तथा झापाको चारआलीदेखि सडक यातायातको सुविधा पनि छ । त्यो बाटो करिब २३५ किलोमिटर पर्दछ । पाथिभरा देवीको उत्पत्ति कसरी र कहिले भयो भन्ने कुरा स्पष्ट छैन ।
यससम्बन्धी एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा केही मानिसहरू त्यस भेगमा भेडीगोठ राख्ने र भेडाहरू त्यसै भेगमा चराउने गर्दा रहेछन् । त्यसै बेला गोठका भेडाहरू एकाएक हराउने गरेकाले तिनीहरूले आप्mना हराएका भेडा पाइऊन् भन्ने कामनाका साथ पाथिभरा देवीको स्तुति र भाकल गरेछन् । त्यसपछि हराएका भेडाहरू एकाएक भेटिन थालेकाले गोठालाहरूले पाथिभरा देवीको नियमित रूपमा स्तुति गर्न लागेछन् । भेडाहरू हराएका बेला एक दिन पाथिभरा देवीले सपनामा दर्शन दिएर एउटा ठाउँमा पूजा गर्नू भन्ने आदेश दिइछन् । गाउँलेहरूले सोही बमोजिम गरेपछि भेडाहरू फिर्ता आएछन् । पाथिभरा देवीको मन्दिरमा बाघमाथि चढेकी भगवतीको मूर्तिका साथै पुरानो मूर्ति पनि स्थापित छ । जतिसुकै बलि चढाए पनि यस मन्दिरमा रगत नदेखिने जनविश्वास छ । यी देवीलाई भक्तहरूले चिताएको कुरा पुर्याउने देवीका रूपमा लिने गरिन्छ । बोका, हाँस, परेवा र कुखुराको बलि दिएर यिनको पूजाआजा गर्ने चलन छ ।
यस भेगमा उँधौली र उँभौलीका अवसरमा मेला लाग्ने चलन रहे पनि हाल आएर सालैभरजसो तीर्थयात्रीहरूको घुइँचो भई नै रहन्छ । करिब ४ घण्टा वरैदेखि नै दर्शनार्थीहरूले भेटी चढाउने गर्दछन्, तर त्यो पैसा कसैले टिप्दैनन् । चिसो हावापानी र सुन्दर प्राकृतिक दृश्यका कारण पनि सालिन्दा श्रद्धालुहरू पाथिभरा देवीको दर्शन गर्न र प्राकृतिक सुन्दरतामा रम्नका लागि यहाँ पुग्ने गर्दछन् ।

The famous Pathibhara Temple lies on the top of a hill in Taplejung, at an altitude of 12,446 feet. The temple is so named because the hill of the goddess worship is said to resemble a measuring pot (Pathi) full of grain (Bhara).

Legend has it that the temple was built after the Goddess Pathibhara appeared in a dream to a group of shepherds who lived in the vicinity, and who were distressed over the continual disappearance of their sheep. She is said to have promised to bring back the lost sheep in return for their devotion. And to this day, in keeping with the legend, it is believed that the goddess fulfils the dreams of her devotees; thus, the continuing tradition of offering her a sacrifice of animals. The temple attracts pilgrims all the year round, especially during the occasions of Undhauli and Unbhauli, when fairs are organized in the region.