Photos: Panchakanya Mai Udayapur पंचकन्या माइ उदयपुर

उदयपुर (चौदण्डीगढी) बाट यो समयका पुजारीका बाबुले यहाँ ल्याई स्थापना गराएका हुन् । उदयपुर गढीमा मध्यकालतिर सेनहरूको किल्ला थियो । त्यस समय गढीमा विभिन्न देवीदेवताका मन्दिरहरू थिए । नेपाल एकीकरणपछि गढी क्षेत्र सुनसान बन्दै गयो र पुराना पुरातात्विक वस्तुहरू नासिंदै गए । यसै क्रममा पञ्चकन्या माई जोगाउन, संरक्षण गर्न त्यहाँका पुजारीले गाईघाटमा लगी स्थापना गराएका हुन् । यी देवीलाई उदयपुरका सेन शासकहरूका समयमा निर्माण गरिएको मानिन्छ ।
श्री कोमलभद्र पञ्चकन्या मन्दिर अति भव्य रूपमा निर्मित छ । त्यसको छेउछाउमा त्रियुगा नगरपालिकाले वि.सं. २०६७ सालमा राम्रो पार्क र बगैंचा निर्माण गरिदिएको छ । यसरी एकातर्फ यी देवीको ऐतिहासिकता निकै पुरानो छ भने अर्कातर्फ यसले नगरक्षेत्रको शोभा बढाएको पनि देखिन्छ । कृष्ण जन्माष्टमी, तीज र दशैंका अवसरमा यहाँ भक्तहरूको ठूलो जमघट हुने गर्दछ ।

 

The temple of Panchakanya Mai was established in 1973 AD in Gaighat. It is also known as Komal Bhadra Panchakanya Devi Temple. The idol itself was originally located at Udaypuri Gadhi, the fort and palace of Sena kings, which was completely destroyed during the defeat of the Senas of Udaypur by the Gorkhalis.

The temple is very beautiful, with a beautiful park and a garden. Krisha Astami, Teej, and Navaratra are the chief occasions for festivities in and around the year.