Photos: Neel Saraswati नील सरस्वती काठमाण्डाै

काठमाडौंको नक्सालमा प्रसिद्ध नील सरस्वतीको मन्दिर छ । हिन्दूहरूले सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजाआजा गर्ने गर्दछन् । बौद्धहरूले भने पुरुष देवता मञ्जुश्रीलाई विद्याका देवता मान्दछन् । काठमाडौं उपत्यकामा मध्यकालताका वज्रयानी बौद्ध धर्मको अत्यधिक विकास भएको पाइन्छ । तसर्थ उक्त समयमा हिन्दू देवीदेवतालाई तान्त्रिक रूपमा महायानी र वज्रयानी बौद्धमार्गीहरूले पूजाआजा गर्न लागेका हुन् । यसैले यी देवीको स्थापना मध्यकालमा भएको मानिन्छ । मध्यकालमा बौद्ध तन्त्रसरह नै हिन्दू तन्त्रको प्रभाव पनि काठमाडौं उपत्यकामा अत्यधिक मात्रामा प¥यो । तसर्थ हिन्दू र बौद्ध दुवै धर्मका तान्त्रिक देवीदेवता एकै प्रकारका हुन पुगे । यसै क्रममा नील सरस्वतीको पनि उपत्यकामा पूजाआजा हुने गरेको हो । नील सरस्वतीलाई उग्रजटा, उग्रतारा र महाविद्या ताराका नामले पनि पूजाआजा गर्ने गरिन्छ । यिनलाई वाक्सिद्धिप्रदायिनी या बोलीचाली प्रदान गर्ने या बोलीमा रहस्यवादी शक्ति भएकी देवीका रूपमा लिने गरिन्छ । मध्यकालमा नेपालमा दश महाविद्याको पूजाआजा गर्ने प्रचलन निकै बढेकाले यी देवीको पनि पूजाआजा गर्ने गरिएको हो । नील सरस्वतीको मन्दिर भव्य तले शैलीको छ, जसभित्र राखिएको ताराका रूपमा समेत पुजिने नील सरस्वतीको मूर्तिमा तान्त्रिक विधिले पूजाआजा गर्ने गरिन्छ । नेपालमा नील सरस्वतीको कथा प्रसंग आदिशंकराचार्यसँग जोडिएको छ । एक किंवदन्ती अनुसार, आदिशंकराचार्य एक पटक काठमाडौं उपत्यकाको भ्रमणमा आएका थिए । यहाँ उनको शास्त्रार्थ अमर बाणा नामक तान्त्रिकसँग भयो । शंकराचार्य र अमर बाणाका बीचमा एउटा पर्दा लगाइएको रहेछ । त्यसअघि शास्त्रार्थमा कहिल्यै हार नखाएका शंकराचार्यलाई अमर बाणाले भने हराएछन् । यसबाट चकित भई शंकराचार्यले यथार्थ पत्ता लगाउन पर्दाभित्र हेर्दा त अमरबाणाका बदलामा नील सरस्वतीले पो उत्तर दिइरहेकी रहिछन् । यसरी उनलाई नेपालमा वाक्सिद्धि देवीका रूपमा पनि पूजाआजा गर्ने चलन छ ।

Sacred to both Hindus and Buddhists, the temple of the tantric goddess, Neel Saraswati, is situated in Naxal, Kathmandu. Neel Saraswati is also known as Ugra Jata, Ugratara, and Mahabidhya Tara, and she is believed to bestow upon her devotees magical powers of speech. According to legend, when the first Shankaracharya visited Nepal he was engaged in a debate with Amar Bana, a famous tantric and a devotee of Neel Saraswati. Shankaracharya was known for his debating prowess, but he found himself incapable of defeating Amar Bana. Later, he discovered that it was the Goddess herself that was debating with him in the guise of the tantric.

The temple itself is a fine multi-storeyed structure decorated with numerous artefacts