Photos: Neel Barahi, Kathmandu नील बाराही

काठमाडौंको कालीमाटीमा टंकेश्वरनजिक नील वाराही पीठ छ । वाराहीलाई वराहअवतार विष्णुकी शक्ति मानिन्छ । यिनी सप्तमातृका र अष्टमातृका अन्तर्गतकी देवी हुन् । यिनको पूजाआजा बौद्धमार्गीहरूद्वारा समेत तान्त्रिक विधिले गर्ने चलन छ । शक्तिपीठका रूपमा यिनको पूजाआजा हुने गर्दछ । यी देवीलाई किन नील वाराही भनियो भन्ने कुरा चाहिं स्पष्ट छैन । नील वाराहीको उत्पत्ति कसरी भयो भन्ने कुरा पनि स्पष्ट छैन । वाग्मती र विष्णुमतीको संगममा सती देवीको घुँडा पतन भएको विवरण नेपाल माहात्म्यमा पाइन्छ । यता सती देवीको अंग पतन भएको मानिएका विभिन्न स्थानहरू शक्तिपीठका रूपमा स्थापित भएका भए पनि वाग्मती र विष्णुमती संगमस्थलमा त्यस्ता शक्तिपीठ नपाइने हुँदा यही नील वाराहीलाई नेपाल माहात्म्यले सती देवीको घुँडो पतन भएको स्थानका रूपमा लिएर यसको महिमागान गरेको हुन सक्छ । प्रत्येक वर्ष नील वाराहीको जात्रा र खटयात्रा पनि गर्ने चलन छ । यो प्रचलन वि.सं. १९४१ सालदेखि सुरु गरिएको मानिन्छ । यहाँ सालैभर श्रद्धालुहरू पुग्ने गरेका छन् ।

 

Neel Barahi is located near Tankeshwor in Kalimati, Kathmandu. Barahi is the goddess of Saptamatrika and Astamatrika and is also known as the consort of Baraha Avatar Vishnu. However little is known regarding the name, Neel Barahi.

The temple is one of the most important Shakta Pithas of Nepal and it may very well be the place where Sati Devi's knees dropped off her dead body as Lord Shiva carried it around.

Since 1884 AD the Jatra and Khadkajatra of Neel Barahi have been organized every year and a lot of devotees visit the temple during these festivals.