Photos: Manamaiju Balaju मनमैजु बालाजु

काठमाडौंको बालाजुदेखि केही उत्तरतिर प्रसिद्ध मनमैजुको मन्दिर छ । केही अग्लो ठाउँमा निर्मित मनमैजुको मन्दिर मनमैजु गाविसमा पर्दछ । मनमैजु मन्दिर नेपाली तले शैलीमा निर्मित छ । यहाँ नेपाल संवत् ७८६ को अभिलेखसमेत पाइने हुँदा यिनको स्थापना मध्यकालतिर भएको मानिन्छ । यस मन्दिरको सञ्चालनका लागि वि.सं. १८५८ सालमा गीर्वाणयुद्धविक्रम शाहले गुठी राखिदिएको पाइन्छ । मनमैजु मन्दिर भेगमा वैशाख पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । नवरात्रको षष्ठीका दिन यिनको नौरथा स्नान गराउने चलन छ । दाग, पोतो र अन्य प्रकारका चर्मरोग यिनको पूजा–उपासना गर्नाले ठीक हुन्छ भन्ने जनविश्वास छ । तसर्थ यिनलाई सुन्दरताकी देवी भनिन्छ ।
मनमैजु देवीको उत्पत्तिका सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी कन्या थिइन् । तिनी निरन्तर रूपमा विष्णुमती र महादेव खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दी रहिछन् । तपस्याबाट प्रसन्न भई इन्द्र आफैं त्यस स्थानमा उपस्थित भएछन् र ती कन्यालाई वर माग्न भनेछन् । ती कन्याले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले उक्त कुरा स्वीकार गरी ती कन्यासँग विवाह गरेछन् । तर तिनको अनुहारमा कालो पातो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् । उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसहरूलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ ।
 

 

Situated in Manamaiju VDC near Balaju, the temple of Manamaiju is the tradional Nepalese style structure with multiple roofs. An inscription dated Nepal Samvat 786 is found here, which dates the temple to at least the medieval era. According to historical records, King Girvana Yuddha

Bikram Shah donated some land to the temple in 1801 AD. Manamaiju is considered the goddess of beauty and it is believed that she can remove black spots and cure diseases that affect the face. According to a popular legend, Mana was a young girl with terrible black spots on her face and an ugly visage. She was later transformed into a goddess by Lord Indra and given the task of curing ailments that made people ugly. The tradition of offering Nauratha Snana to the goddess is popular at the temple during Navaratra.