Photos: Maitidevi मैतिदेवी काठमाण्डाै

प्रसिद्ध मैती देवीको मन्दिर काठमाडौंको मैती देवीमा छ । तले शैलीको यो मन्दिर ज्ञानेश्वर उकालोबाट मैती देवी चोकतिर आउँदा देब्रेतिर पर्दछ । मैती देवी चोकदेखि केही सय मिटर उत्तरतिर बाटाछेउ रहेकी यी देवीको नामका आधारमा नै ठाउँको नाम पनि मैती देवी रहन गएको हो । मैती देवीको उत्पत्तिका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । त्यस अनुसार, परापूर्वकालमा यस स्थानमा एउटा मयूर कतैबाट उडेर आएछ र बसेछ । कुनै एक जना स्थानीय बासिन्दाले त्यसलाई लौराले हिर्काउन खोज्दा मयूर उडेछ ।
तर त्यसले छोएका फलाम लगायतका धातुहरू सुनमा परिणत भएछन् । अनि त्यस मयूरलाई दैवी रूप मानी त्यही बसेको ठाउँमा मैती देवीको स्थापना गरिएछ । मैती देवीको मूर्ति धातुबाट निर्मित छ । यो मन्दिर लिच्छविकालतिर स्थापना गरिएको मानिन्छ । लिच्छविकालका अंशु वर्माको समयदेखिका मूर्ति र शिलालेखहरू यहाँ पाइन्छन् । तसर्थ यो मन्दिर त्यही समयताका स्थापना भएको अनुमान गर्न सकिन्छ । यहाँ मल्लकालीन पुराताइिभ्वक वस्तुहरू पनि पाइएका छन् । मैती देवी स्थानमा मयूरकुण्ड, ब्रह्मनाल र मसानघाट पनि छन् । अन्य देवीदेवताका मूर्तिहरू पनि देखिन्छन् । मैती देवीको पूजाआजा तान्त्रिक विधिबाट हुने गर्दछ । यिनलाई साक्षात् देवी मानिन्छ । विभिन्न पर्व तथा उत्सवहरूमा यिनको पूजाआजा गर्न श्रद्धालुहरूको भीड लाग्दछ ।
 

 

The temple of Maiti Devi, a tantric goddess, lies by the side of the road in Maiti Devi, the locality of Kathmandu which derives its name from the temple. Along with the temple proper the immediate vicinity of the shrine also contains the Mayur Kunda, the Brahmanala, and a cemetery.

According to legend, the temple was built after a divine peacock appeared here and turned everything it touched into gold. Inscriptions and idols from the Lichchhavi era found in the temple help date it to that period, although the site of the temple is also home to ruins from the medieval era. The temple is extremely popular and hundreds of people visit it everyday.