Photos: Maisthan Birgunj माइस्थान वीरगंज

नेपाल प्रवेशद्वारका रूपमा रहेको तथा पुरानो व्यापारिक केन्द्रसमेत भएको वीरगन्जमा विभिन्न देवीदेवताका मन्दिर र मूर्तिहरू छन् । पश्चिम नेपालमा पूजाआजा गरिने समय माई र पूर्वकी संसारी माईसरह नै वीरगन्जमा पनि माईको मन्दिर छ । यहाँकी देवीलाई सामान्य रूपमा माई मात्र भनिएको पाइन्छ । वीरगन्जको माई मन्दिर आजभन्दा करिब २०० वर्षअगाडितिर स्थापना भएको मानिन्छ । सुरुमा यहाँ थानका रूपमा सानो र सामान्य मन्दिर थियो । पछि स्थानीय बासिन्दाहरूले चन्दा संकलन गरी केही ठूलो र आकर्षक मन्दिर निर्माण गराए ।
माई मन्दिरमा भक्तजनहरूको वासका लागि अतिथिगृहका साथै अन्य भौतिक सुविधाहरूको समेत व्यवस्था गरिएको छ । बजारको बीचमा पर्ने हुनाले मन्दिर परिसरमा स्थानीय भक्तहरूको सदाजसो जमघट भइरहन्छ । दशैंको नौरथाको समयमा भने यस भेगमा भव्य मेला लाग्दछ । उक्त समयमा देवीलाई बलि दिने चलन छ । यस बेला जमरा राख्ने, देवीको पाठपूजा तथा दर्शन गर्नेहरूको भीड पनि लाग्ने गर्दछ ।

The Mai Mandir at Birgunj is believed to have been established about 200 years ago, and like the Samaya Mai Mandir of Western Nepal and the Samsari Mai of the East, it is a temple built in honour of a goddess named Mai.

The temple is in attractive structure at the heart of Birgunj. It is the scene of a large festival on the occasion of Navaratra, during which many people from Birgunj and the surrounding region visit the temple to offer animals as sacrifice to the Goddess and also to keep jamara