Photos: Kankalini Mai Saptari कंकालीनी माइ सप्तरी

सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा पर्ने भारदह गा.वि.स.को पूर्वपश्चिम राजमार्गछेउ प्रसिद्ध कंकालिनी माईको मन्दिर छ । यिनको शरीरमा करङहरू मात्र देखिने हुनाले यिनलाई कंकालिनी भनिएको हो । सप्तकोशी नदीको पश्चिमी किनारमा अवस्थित उक्त मन्दिर भव्य पाँच वटा छानायुक्त छ । कंकालिनी मन्दिरमा कंकालिनी माईको प्रस्तरको मूर्ति राखिएको छ । यहाँ गणेश, दक्षिणकाली, चामुण्डा र विष्णुका प्रस्तर मूर्तिहरू पनि छन् । कंकालिनी मन्दिरको स्थापनाको जस सप्तरी बैरवाका बिर्तावाल उदयानन्द पण्डितलाई दिने गरिन्छ । स्थानीय जनमानसमा प्रचलित किंवदन्ती अनुसार, सपनामा कंकालिनी माईले उनलाई आफ्नो मन्दिर स्थापना गर्न भनेकी थिइन् । यो आजभन्दा करिब ३५० वर्षअगाडिको कुरा हो । सपनामा देवीआज्ञा पाएपछि उदयानन्दले कंकालिनीको मूर्ति खोज्न मानिसहरूलाई त्यस भेगको जंगलमा पठाएका थिए । पछि जंगलभित्र देवीको मूर्ति पाइएपछि उक्त स्थानमा ल्याई स्थापना गरिएको बताइन्छ । त्यतिखेर सामान्य प्रकारको मन्दिर निर्माण गरी कंकालिनी माईलाई प्रतिष्ठापन गरिएको थियो । पछि भव्य मन्दिर निर्माण गरियो । अहिलेको भव्य मन्दिर भने वि.सं. २०५० सालभन्दा पछाडि मात्र निर्माण गरिएको हो । कंकालिनी क्षेत्रमा अन्य समयमा समेत भक्तहरू पुग्ने भए पनि दशंैको नौरथाका अवसरमा भने ठूलो भीड लाग्ने गर्दछ । यिनको भाकल गरी पशुबलि दिएमा मनोकांक्षा पूरा हुने र आपत्विपत्बाट छुटकारा पाइने जनविश्वास छ ।

 

 

The Kankalini Mai Temple in Bharadaha VDC of Saptari District is one of the most famous five-storeyed temples outside the Kathmandu Valley. However, unlike other Nepali style temples, the temple is not built of wood but of bricks, sand, and cement. The temple was established about 350 years ago by Udayananda, a brahmin of Bairava, Saptari. It is said that the goddess Kankalini Mai -- so named because one can only see ribs and bones on her body -- appeared to him in a dream and instructed him to look for an idol of hers in a nearby forest and to build a temple to house it.

The original temple was a very simple structure and it was only after renovations in 1992 AD that the present structure was completed. A grand festival is organized at Kankalini Mai during Navaratra, and pilgrims from all over Nepal and India visit the temple and offer animals as sacrifice. It is believed that Kankalini is capable of fulfilling her devotees’ desires if she's made happy.