Photos: Kalikasthan कालिकास्थान काठमाण्डाै

काठमाडौंको डिल्लीबजारमा प्रसिद्ध कालिकास्थान पर्दछ । यस मन्दिरमा कालीको मूर्ति राखिएको हुनाले वरिपरिको ठाउँलाई नै कालिकास्थान भन्न थालिएको हो । दुई तलाको कालिकास्थान मन्दिरको माथ्लो तलामा कालीको मूर्ति राखिएको छ भने तल्लो तला पुजारी बस्ने काममा प्रयोगमा ल्याइएको छ । कालिकास्थानको अभ्युदयका सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, वि.सं. १९५७ सालतिर शिवकालीका पुजारी रहेका ठिमीका एक व्यक्तिको शरीरमा कालीले प्रवेश गरिछन । पुजारीलाई उनले आपूmलाई अन्त कतै प्रतिष्ठापन गरिदिन भनिछन । त्यस्तो उपयुक्त स्थानको खोजी गर्दै ती पुजारी डिल्लीबजार भेगमा आइपुगेछन । त्यति बेला यहाँ ठूलो जंगल थियो । ती पुजारी यहींको एउटा रूखको फेदमा बस्न लागेछन । पछि कुनै राणा प्रधानमन्त्रीले यो कुरा थाहा पाएछन र कालीको स्थापनाका लागि जग्गा दिएछन । अनि ती पुजारीले तत स्थानमा कालीको प्राणप्रतिष्ठा गरेछन । कालिकास्थानमा कालीको सामान्य मन्दिर छ । मन्दिरको छानो भने बनाइएको छैन । सामान्यतया देवीहरूको छानो आकाश नै हुन्छ भन्ने मान्यता भएकाले यिनको छानो पनि नबनाइएको हो । यहाँ विशेष गरी दशैंको अवसरमा श्रद्धालुहरूको भीड हुने गर्दछ ।

Kalikasthan is located in Dilli Bazaar in Kathmandu. The temple of Kali is a two-storeyed structure and, like other Devi temples of Kathmandu, is open roofed. The well-crafted and artistic idol of Kali is kept on the upper floor while the ground floor houses the family of the priest of the temple.

A legend states that this Kali entered the body of the priest of Shiva Kali and ordered him to build a temple to house her. The priest travelled from Thimi to Dilli Bazaar, which at that time was a forest, and began to live under a tree until a Rana Prime Minister heard his story and provided him with land to build the temple. According to the legend, the temple was built in 1900 AD.

 

The temple has its fair share of visitors, especially during the festival of navaratra.