Photos: Kali Temple, Biratnagar काली मन्दिर विराटनगर

काली मन्दिर विराटनगरको मुख्य बजारमा छ । हाल उक्त मन्दिर तीन तहको छानायुक्त अति भव्य देखिन्छ । तर यसको प्रारम्भिक स्वरूप भने यसभन्दा बिलकुल फरक थियो । मोरङको सदरमुकाम रंगेलीबाट यस स्थानमा सर्नुभन्दा अगाडि वि.सं. १९६० सालको दशकतिर यहाँको काली मन्दिर स्थापना गरिएको मानिन्छ । तर प्रारम्भमा यो मन्दिर सामान्य स्वरूपको थियो, जसमा टिनको छाना हाली सानो एकतले मन्दिर निर्माण गरिएको पाइन्छ । पछि वि.सं. २००० सालतिर एक जना भक्तले सुर्किचुना र इँटाको प्रयोग गरी केही ठूलो स्वरूपको काली मन्दिर पुनर्निर्माण गराएका थिए । त्यसताका यहाँ कालीको पित्तलको मूर्ति चढाइएको थियो । त्यसअघिको जीर्ण मूर्ति भने हाल मन्दिरको तल्लो तलामा राखिएको छ । हाल आएर मन्दिरको माथ्लो तलामा राखिएको कालीको नयाँ मूर्तिमा नै नित्य रूपमा पूजाआजा हुने गरेको छ । अहिलेको मन्दिर भने स्थानीय बासिन्दाहरूले वि.सं. २०५३ सालमा निर्माण गराएका हुन् । विराटनगरको काली मन्दिरमा दशैंको नौरथाको समयमा भक्तहरूको ठूलो भीड लाग्दछ । दुर्गा सप्तशती पाठ गर्ने, जमरा राख्ने र पशुबलि दिने उपयुक्त समय नौरथा नै मानिन्छ । अन्य समयमा पनि यस मन्दिरमा श्रद्धालुहरूको भीड रही नै रहन्छ । बजारको बीचमा रहेको हुनाले पनि यहाँ ज्यादा मानिसहरू जाने गरेका हुन् । विशेष गरी शनिबार भक्तहरूको ज्यादा उपस्थिति रहने गरेको छ । रंगेली र विराटनगरका कालीका मूर्तिहरू भारतबाट एकै समयमा ल्याइएका हुन् ।

The Kali Temple at Biratnagar is situated in the centre of the city. It is built in the traditional Nepalese style, with a pagoda consisting of three beautiful roofs. However, unlike traditional temples, the Kali Temple is not built of wood alone, and there is abundant use of brick and concrete.

The temple was originally built in the 1900s. At that time it was a very small structure with a single tin roof. Later on, after a devotee donated a bronze idol of the goddess, the temple was rebuilt in its present form. While devotees visit the temple and offer sacrifices all the year round, it is particularly popular as a place of pilgrimage during the festival of Navaratra.