Photos: Ichhakamana Chitwan, इच्छाकामना देवी चितवन

चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो । गोरखाका मनकामना र गोरखकाली तथा तनहुँकी छिम्केश्वरीलाई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ । किंवदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामनाबीच को ठूलो हो भन्ने विषयमा झगडा परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिइछन् । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून् भन्ने श्राप दिइछन् । भएको पनि त्यस्तै देखिन्छ । मनकामनामा दिनहुँजसो भक्तहरूको भीड लाग्दछ भने इच्छाकामनामा विरलै मात्र भक्तहरू पुग्दछन् । गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो । तसर्थ इच्छाकामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन् । सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गराएको हुन सक्छ । इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुई वटा छानायुक्त छ ।

 

The temple of Ichchhakamana is located in the North-Western part of Makwanpur District and is said to be a counterpart of the Manakamana Temple of Kaphek Gorkha -- both of the temples are built on high hills and face each other. She is named Ichchhakamana because of her ability to fulfil the desires of her devotees.

According to legend, the Manakamana of Gorkha and Ichchhakamana were sisters who fell out with each other, and in doing so cursed each other; thus, the former was condemned to receive sacrifices of animals such as pigs, and the latter to dwell in a place where she'd receive no visitors. And true to the story, while thousands of people visit the Manakamana of Gorkha daily, only a handful of devotees make their way to the Ichchhakama Temple. The temple itself is believed to have been constructed by Mukunda Sen and is a simple two-roofed structure housing a finely crafted idol of the deity