Photos: Gadi Mai Bara गढीमाइ वारा

बारा जिल्लाको बरियारपुर गा.वि.स.–२ मा प्रसिद्ध गढी माईको मन्दिर छ । यी देवीको स्थापना सिम्रौनगढका तिरहुतेहरूको समयमा भएको मानिन्छ । बाराको सदरमुकाम कलैयाबाट करिब पाँच किलोमिटर पूर्वमा रहेको गढी माईस्थानमा प्रत्येक पाँच वर्षमा ठूलो मेला लाग्दछ । उक्त मेलामा संसारमै सबैभन्दा बढी संख्यामा पशुबलि दिने गरिन्छ । नेपालमा मात्र नभएर, उत्तर भारतमा समेत गढी माईको ठूलो ख्याति छ । तसर्थ लाखौंको संख्यामा भारतीय तीर्थयात्रीहरूसमेत बलि दिन, पूजाआजा गर्न गढी माई क्षेत्रमा आउने गर्दछन् । राँगा, बोका, सुँगुर, मुसा र परेवा गढी माईमा बलि दिइने प्रमुख पशुपक्षी हुन् ।
गढी माईको स्थापनाका बारेमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढी माईमा तिनै व्यक्ति पुजारी बनेछन् । हालसम्म पनि गढी माईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ । सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढी माईस्थानमा बास बसेछन् । किंवदन्ती अनुसार, उनीहरूले साथमा लिएर हिंडेकी तुलजादेवीको एउटा अंश गढी माई क्षेत्रमै छ । बारा, बरियारपुरकी गढी माईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्दछिन् भन्ने जनविश्वास छ । स्थानीय जनश्रुति अनुसार, कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन् । उनी देवीलाई प्रसन्न पारेर बाघहरूलाई आप्mनो अधीनमा लिन्थे र गोरु तथा राँगासरह अन्नपातको दाउनी गर्न प्रयोग गर्दथे । गढी माईमा प्रत्येक पाँच वर्षको पूजा एकै पटक सम्पन्न गर्ने चलन छ । त्यस अवसरमा सेतो मुसा, पाठो सुँगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन छ । एकै पटक सबैभन्दा ज्यादा संख्यामा राँगाको बलि दिइने स्थान पनि गढी माई नै हो । यी देवीले भक्तको मनोकांक्षा पूरा गर्ने जनविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठूलो भीड लाग्ने गरेको छ ।

Gadhi Mai lies in Bariyarpur, Bara, about five kilometres East of Kalaiya. The place is famous for the five-yearly mela during the course of which thousands of animals are sacrificed to the Goddess Gadhi Mai. The mass sacrifice, which is considered to be the largest ritual slaughter of animals in the world, begins with the slaughtering of a white rat, a piglet, and a buffalo at the side of the temple, after which the sacrifice is opened to the general public.

According to one legend the temple was set up after a Tharu prisoner escaped from Makwanpurgadhi with the aid of the Goddess. It is said that he was the first priest at the temple and that the present priests are his descendents.

Another legend states that Harisimha Deva and his queen slept here on the day they left Simroungadh. They were said to have taken a kalasha of Taleju of Kathmandu with them and that a part of the Goddess remained there.

Gadhi Mai is considered to be a kind goddess for her devotees and it is believed that she fulfills their desires. Thus the popularity of the mela during which thousands of pilgrims from Nepal and India visit the temple